Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

म्यानचेष्टर सिटी र टोटनहृयामले बराबरी खेल्दै

Sunday, January 22, 2017 National Power

इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा रहेका म्यानचेष्टर सिटी र टोटनहृयामले बराबरी खेल्दै अंक बाँडेका छन् ।

सिटीले दुई गोलको अग्रता लिएर पनि जोगाउन सकेन । शनिबार राति भएको खेलमा सिटी र टोटनहृयामले २-२ गोलको बराबरी खेलेका हुन् ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले ४९ औं मिनेटमा सानेको गोलबाट अग्ता लिएको थियो । ५ मिनेट लगतै केभिन डि ब्रुयेनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । तर, ५८ औं मिनेटमा अलीले गोल गर्दै टोटनहृयामलाई खेलमा फर्काउने संकेत दिए । ७७ औं मिनेटमा सनले बराबरी गोल फर्काए ।

बराबरीपछि टोटनहृयाम २२ खेलबाट ४६ अंकका सात दोस्रो स्थानमा कायमै छ भने सिटी ४३ अंकसहित पाँचौं स्थानमा छ । लिग लिडर चेल्सीको ५२ अंक छ र, उसले एक खेल कम खेलेको छ ।