Tuesday 21st January 2020

    बले र अन्जलीको टाला टुली बाटुली भिडियो    काठमाण्डौ उपत्यका नजिकै दुई प्याराग्लाइडिङ जोन थपिए    सनम कठायत र ऋचा थापा आकर्षक प्रेम मुन्द्रामा (भिडियो सहित)    मकर स्नान गरी देशैभरि उल्लासका साथ माघे संक्रान्ति मनाइँदै    सञ्जीब ठकुरी र सुसिता तामाङको अभिनयमा मावली गाउँ बजारमा

समाचार

अर्को सरकारको कल्पना गर्न नसकिने

२२ फागुन, काठमाडौं – स्थानीय चुनाव अघि अर्को सरकार कल्पना गर्न नसकिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । साथै उनले अहिले राष्ट्रिय सरकार सम्भव नभएको पनि बताए । स्थानीय तहको निर्वाचनका लागि सरकार सबै लचकता अपनाउन तयार रहेको भन्दै उनले भने, तर, निर्वाचन प्रभावित हुने कुरामा सहमति र लचकता हुँदैन ।’ प्रधानमन्त्री प्रचण्डले मधेसी

महिलाको धारिलो हतियार प्रहार गरी हत्या

२२ फागुन, रौतहट– रौतहटको कनकपुर,२ की एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । २५ वर्षीया सहनाज खातुनको धारिलो हतियार प्रहारबाट आइतबार मृत्यु भएको हो । सहनाजलाई अज्ञात समूहले सुतिरहेकै स्थानमा धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएको र चुरेहिल अस्पताल मकवानपुर उपचारको क्रममा आइतबार मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ

होली पर्वको आपचारिक रुपमा शुरु

२२ फागुन, काठमाडौं–काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा आइतबार बिहान रंगी विरंगी कपडाहरु बाँधिएको तीन तले चीर ठड्याएपछि देशभर होली पर्व सुरु भएको छ ।रंगहरुको पर्व होली आइतबारबाट औपचारिक रुपमा सुरु भएको हो । बिहान ८ बजेर १५ मिनेटको शुभ साइतमा नै सप्तरंगी चीर ठड्याइएको छ । त्यस अवसरमा नेपाली सेनाको गुर्जु पल्टनले हर्ष बढाइसमेत गरेको थियो ।

बाजुरामा विरामीको अनुपातमा निशुलक औसधि अत्यन्त न्युन

२१ फागुन,बाजुरा-बाजुराका बिरामीको अनुपातमा निसुल्क औसधी भने निक्कै कम आउने गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डाक्टर मोहन नाथका अनुसार “बाजुरामा वर्षमा एक लाख ५६ हजार विरामीको उपचार गरिन्छ । सरकारबाट प्राप्त निशुल्क औषधीलाई भाग गर्दा प्रति विरामी २५ रुपैंया पर्छ । २५ रुपैंयाको निशुल्क औषधीले विरामीलाई “हात्तीको मुखमा जीरा” भने झै हुन्छ

लोकतन्त्रलाई बलियो बनाउन निर्वाचन आवश्यकः नेता पौंडेल

२१ फागुन, विराटनगर-नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले निर्वाचन चाहेकाले तराई–मधेससहित मुलुकभर निर्वाचन हुने बताउनुभयो । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले लोकतन्त्रलाई बलियो बनाउनका लागि सबै निर्वाचनमा केन्द्रित हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न र लोकतन्त्र र सङ्घीयतालाई बचाउनका लागि स्थानीय तहको निर्वाचन आवश्यक रहेको स्पष्ट पार्नुभयो

पत्रकार महासङ्घ बर्दियामा धिताल

२१ फागुन,गुलरिया-नेपाल पत्रकार महासङ्घ बर्दियाको ११ औँ जिल्ला अधिवेशनले राजेन्द्रप्रसाद धितालका अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा यादव आचार्य, महिला उपाध्यक्षमा मेनका चौधरी, सचिवमा भावुक योगी, सहसचिवमा प्रभु चौधरी र विष्णु अधिकारी तथा कोषाध्यक्षमा दीपक शर्मा चयन हुनुभएको छ ।  यसैगरी सदस्यमा सन्तोष पौडेल, लक्ष्मण ढुङ्गाना, शीतल थापा, दुर्गा आचार्य,

मण्डिखाटार,सुकेधारा र चप्पल कारखानामा विद्युत् अवरोध

२१ फागुन,काठमाडौँ-आज बिहान ६ बजे न्यु–चाबहिल सबस्टेसनबाट निस्कने ११ केभी ओम फिडरको ओभरहेड लाइन सुरु हुनुअघिको भूमिगत केबलमा मेलम्ची खानेपानी आयोजनाको काम गराइबाट क्षति हुन पुगी सुकेधारा, मण्डिखाटार, चप्पल कारखाना क्षेत्र लगायत ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । प्राविधिक टोली सो स्थलमा खटिइसकेकाले क्षतिग्रस्त केबल मर्मत हुनासाथ आपूर्ति पुनःसञ्चालन हुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता

पोलियो खुवाइँदै

२१ फागुन,काठमाडौँ-स्वास्थ्यकर्मीको अवरोधका कारण यसअघि खुवाउन नसकिएका १५ जिल्लामा आज(शनिबार) र भोलि(आइतबार) पोलियो थोपा खुवाइँदै छ । पोलियो खुवाइने जिल्लामा केही स्वास्थ्यकर्मीले अवरोध गरेमा सुरक्षा व्यवस्था गरी मिलाई सेवा सञ्चालन गराउन स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । स्वास्थ्य संस्थाको तालाबन्दी खोली पोलियो खोप कार्यक्रम सञ्चालन गर्ने कार्यमा सहयोग गर्न स्थ्य मन्त्रालयले शुक्रबार नै

मृत फेला

        २० फागुन,बैतडी-मजदुुरीका लागि भारतमा रहेका एक नेपाली बिहीबार मृत भेटिएका छन् । मृत भेटिनेमा बैतडी भटना–५ का २८ वर्षीया गौरी धानुक रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरीनायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । “बुधबार भारतवाट मजदुरी गरेर नेपाल फर्किंदै गरेका धानुकले दार्चुला सदरमुकाम नजिकै महाकाली नदीमा हामफालेको हो”, उहाँले भन्नुभयो, “भारत उत्तराखण्ड निङपातली भन्ने

ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२० फागुन। रोल्पा- रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ  । यसरी मृत्यु हुनेमा कोटगाउँ–७ रोल्पाका आइतेसिंह विक रहेका छन् । दुर्घटनामा परी घाइते भएका विकको प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । शव परीक्षणका लागि