Saturday 23rd September 2017

    युवा गायक टंक बुढाथोकीको "कसरी कसरी" नामक म्युजिक भिडियो सार्बजानिक (भिडियो सहित)    २ नं प्रदेशको ४० स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूची सहित)    अब माओवादीलाइ कसैले हेप्न सक्दैन ः प्रचण्ड    लगानीलाई सुरक्षित गर्ने वातावरण नबनाएको भन्दै टेलिकमले धरहरा पुनर्निर्माणबाट हात झिक्यो    मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु

समाचार

२ नं प्रदेशको ४० स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूची सहित)

६ असोज, काठमाडौं – असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ का १३५ स्थानीय तहमा जनप्रतिनिधि चुन्न भएको मतदानको मतगणना जारी छ। शुक्रबार बिहानसम्म ४० स्थानको नतिजा आइसकेको छ। ४० मध्ये १२ स्थानमा जित हासिल गर्दै कांग्रेसको अग्रता कायमै छ । आठ स्थानमा जितेका माओवादी केन्द्र कांग्रेसलाई पछ्याइरहेको छ। राजपाले ७ स्थानमा जित हासिल

अब माओवादीलाइ कसैले हेप्न सक्दैन ः प्रचण्ड

६ असोज, हेटौंडा – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद् र प्रदेशको चुनावमा माओवादी तेस्रो पार्टी बन्ने बताएका छन् । तर, आफ्नो पार्टीको हैसियत ‘कसैले हेप्न नसक्ने’ र सरकार राज्य सञ्चालनमा निर्णायक रहने उनको दाबी छ । हेटौंडामा शुक्रबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफू माओवादीको एकता र संगठन बलियो बनाउन लागेको बताए । ‘हुनु पर्ने

लगानीलाई सुरक्षित गर्ने वातावरण नबनाएको भन्दै टेलिकमले धरहरा पुनर्निर्माणबाट हात झिक्यो

५ असोज, काठमाडौं –  सरकारले लगानीलाई सुरक्षित गर्ने वातावरण नबनाएको भन्दै टेलिकमले धरहरा पुनर्निर्माणबाट हात झिकेको हो ।तर, धरहरा निर्माण सहितका पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि १ अर्ब दिने प्रतिवद्धता भने कायमै रहेको जानकारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई गराएको छ । सरकारी डिजाइनअनुसार धरहरा निर्माण गर्ने हो भने ४ अर्ब खर्च गर्नुपर्छ । सरकारले पुननिर्माणको जिम्मा टेलिकमलाई

मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु

४ असोज, मेक्सिको –   मेक्सिकोमा मङ्गलबार राति शक्तिशाली भूकम्प गएको छ । यसमा परी १०० जनाभन्दा बढीको ज्यान गएको समाचार छ । भूकम्पले मध्य मेक्सिकोलाई बढी हानेको छ । भूकम्पको मापन ७।१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । अधिकारीहरुले भूकम्पको धक्का निकै नै शक्तिशाली महसुश भएको र यसको केन्द्रबिन्दुको मापन गहिराईमा नभएर

विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख : प्रचण्ड

४ असोज, गोरखा –  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिको चलखेल रोक्न मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता रहेको बताउनुभएको छ । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सबै राजनीतिक दलसँग सल्लाह गरी संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था गरियो भने कम्तीमा पनि पाँच वर्ष देशमा राजनीतिक

वृन्दावनमा झडप, स्थिति तनावग्रस्त : (प्रदेश नं. २ को चुनावी खवर)

३ असोज, रौतहट – वृन्दावन नगरपालिकाको मतगणना स्थलमा झडप भएको छ । स्थिति अहिले पनि तनावग्रस्त छ र मत गणना स्थगित भएको छ । एमाले सांसद रामकुमार भट्टराई मत गणना स्थलमा पुगेपछि अन्य दलले विरोध गरेका थिए । धाँदली गर्न आएको भन्दै अन्य दलले नाराबाजी गरेपछि झडप भएको थियो । झडपमा परी एक जना गम्भीर

म्यूजिक खबरको पहिलो वार्षिकोत्सवस् बस्नेत र शाहलाई म्यूजिक खबर स्रष्टा सम्मान

२ असोज २०७४, काठमाडौं –  नेपाली संगीत पत्रकारिताको इतिहासमै पहिलो पाक्षिक पत्रिका ‘म्यूजिक खबर पाक्षिक’ले आफ्नो प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ । प्रथम वर्ष पूरा गरि दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा राजधानीको रक हाउस क्याफेमा एक कार्यक्रमको आयोजना गरी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपलकुलपति शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यतामा ‘म्यूजिक खबर’ पाक्षिकले वरिष्ठ लोकगायक

मतपत्रको सुरक्षा काँडेतारको घेराभित्र

३ असोज, काठमाडौं – प्रदेश २ को अधिकांश स्थानीय तहको मतगणना सुरु भएको छ । सबैजसो मतगणना स्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । अधिकांश मतगणनास्थलमा ग्याबिङ जाली लगाइएको छ । ग्याबिङ जालीको घेराभित्र गणकहरु बसेका छन् भने दलका प्रतिनिधिहरुलाई ग्याबिङ जाली बाहिर राखिएको छ । पहिलो चरणको चुनावका क्रममा भरतपुर महानगरमा मतपत्र च्यातिएपछि दोस्रो

आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त

२ असोज, काठमाडौं –  सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खड्कालाई पदच्युत गर्ने निर्णय गरेको हो । ‘ विभिन्न संसदीय समितिको प्रतिवेदनका साथै अनियमिताको केही प्रमाण भेटिएको र नियुक्ति गर्दा कार्यसम्पादन मूल्यांकन र करार केही नभएकाले खड्कालाई बर्खास्त गर्ने प्रस्ताव लगिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए

पूर्वपदाधिकारीलाई सुविधा दिने विधेयक उपसमितिमा पारित

१ असोज,काठमाडौँ –  ‘पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन–२०७४’ आज उपसमितिकाबाट पारित भएको छ । व्यवस्थापिका–संसद्, राज्य समितिअन्तर्गत रहेको उपसमितिको आज बसेको बैठकले सो विधेयक पारित गरेको हो । उपसमितिको प्रतिवेदनमा ‘पूर्वपदाधिकारी’ भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री ( मन्त्रिपरिषद्का अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, सभामुख र राष्ट्रियसभाका अध्यक्ष भई निवृत्त व्यक्ति बुझाइने उल्लेख छ