Saturday 23rd September 2017

    युवा गायक टंक बुढाथोकीको "कसरी कसरी" नामक म्युजिक भिडियो सार्बजानिक (भिडियो सहित)    २ नं प्रदेशको ४० स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूची सहित)    अब माओवादीलाइ कसैले हेप्न सक्दैन ः प्रचण्ड    लगानीलाई सुरक्षित गर्ने वातावरण नबनाएको भन्दै टेलिकमले धरहरा पुनर्निर्माणबाट हात झिक्यो    मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु

मनोरञ्जन

युवा गायक टंक बुढाथोकीको “कसरी कसरी” नामक म्युजिक भिडियो सार्बजानिक (भिडियो सहित)

६ असोज, काठमाडौँ – दशैको पुर्व सन्ध्यामा गायक तथा संगीतकार टंक बुढाथोकीको कसरी कसरी नामक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपालीहरुको महान चाडदशै नजिकिदै गर्दा नेपाली सांगीतिक बजारमा दशैका गीतहरु आउने क्रम ह्वात्तै बढेको छ। यसै क्रममा नेपाली साङ्गितिक बजारमा चर्चाको शिखरमा रहेका युवा गायकतथा संगीतकार टंक बुढाथोकिले भने भिन्न प्रकृतिकको आफ्नो कोसेली लिएर आएका छन। दशैमा आधारित गित  दसै आयो दशै आयो नामक गित बाट चर्चामा रहेका बुढाथोकी अहिलेको कसरी कसरी नामक गित राम्रो बनेको र सम्पुर्ण नेपालीलाइ नचाउनेसक्ने गित बनेको र सबैले मन पराउनेमा उनी ढुक्क छ्न। पछिल्लो समयमा संगीत क्षेत्रमा चर्चामा आएका बुढाथोकी कुशल गायक, संगीतकार साथै एरेन्जरको रुपमा चिनिन्छन्। काली तिम्रो नजरैले, सुन्तली घण्टी बज्योमनको, म त बद्लिए, किन गाह्रो गाह्रो हुन्छ, तिम्ले बाटो फेरेउ अरे, मोबाइलको क्यामरामा, पुर्बकी होस या होस पश्चिमकि लगायत दर्जनौ चलचित्रका र आधुनिक हिटगीतहरु निकाली सकेका गायक बुढाथोकीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेज शो हरुमा पनि आफ्नो कला र गला प्रस्तुत गर्दै दर्शकहरुको मन जित्न सफलभइसकेका छन् । बिगत १० बर्स देखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत रुपमा लागि रहेका गायाकले अहिले सम्म १०० भन्दा बढी गितहरुमा स्वर तथा संगीत दिई सक्नु भएको छ भनेअहिले काठमाडौको पुतलीसडकमा आफ्नै स्टुडियो समेत चलाइरहनु भएको छ । गायक बुढाथोकीको कसरी कसरी  नामक गीतमा शब्द, संगीत तथा स्वर स्वयं आफ्नो रहेको छ भने गायिका मेलिना राइले साथ दिएकी छ्न। भने म्यूजिक एरेन्जरटंक बुढाथोकिको रहेछ साथै गितको रेकर्डिङ काठमाडौको आफ्नै स्टुडियो नाएनमा गरिएको थियो। उक्त म्युजिक भिडियोमा सुनिल क्षेत्री, सन्ध्या भट्टराई र नेपाली ठिटोको अभिनय तथा सुनिल क्षेत्रीको निर्देशन रहेको छ साथै सम्पादन तथा छायांकनमा क्रमशःबिकाश ज्ञावलि र टक केसि  रहेकाछन भने बिशेष सहयोगीको भुमिका भरत बुढाथोकी रहेको छ। म्युजिक भिडियोलाई फरसिन नेट्वोर्कले नेपाली सांगीतिक बजारमाल्याएको हो। भिडियो हेर्नुहोस

म्यूजिक खबरको पहिलो वार्षिकोत्सवस् बस्नेत र शाहलाई म्यूजिक खबर स्रष्टा सम्मान

२ असोज २०७४, काठमाडौं –  नेपाली संगीत पत्रकारिताको इतिहासमै पहिलो पाक्षिक पत्रिका ‘म्यूजिक खबर पाक्षिक’ले आफ्नो प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ । प्रथम वर्ष पूरा गरि दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा राजधानीको रक हाउस क्याफेमा एक कार्यक्रमको आयोजना गरी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपलकुलपति शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यतामा ‘म्यूजिक खबर’ पाक्षिकले वरिष्ठ लोकगायक

नायिका सारिका अब गायिका पनि

भाद्र २८, काठमाडौं –  नायिका सारिका घिमिरे अब गायिका पनि भएकी छिन् । उनको स्वरमा रहेको पहिलो एल्वम मोहनीका साथ पनि श्रोता माझ आएकी छिन् । आज राजधानीमा एक कार्यक्रमका विच संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एंव वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, वरिष्ठ पत्रकार तथा गितकार शान्तिप्रिय, वरिष्ठ गायिका संगीता राना, वरिष्ठ संगीतकार राजु शाह,

हेटौंडामा “जूनकीरी” उल्लासपुर्ण पुनर्मन्चन

हेटौंडाका मेयेर, उपमेयेर,CDO, SP, नगर्पालिका महसङ्घका का पधादिकरिहरु, समाज्सेवी, बिध्यार्थी, महिलाहरु र सबै खालका ६०० दर्शकहरु , टिकेट काटेर उपस्थिती भएका थिए र सबै अत्यन्तै रुचाएका थिए! नाटकको बारेमा …….. सामाजिक यथार्थपरक नाटक जूनकिरीमा यस्की पात्र स्वयम् जूनकिरी र आकाशकी जून जो दुबै सुर्यको उज्यालोमा भन्दा पनि बरु अन्धकार रातमा बढी चम्किन्छन र अस्तित्व प्राप्त

सुभाष भित्रको सुनन गीत सार्वजानिक

हेटौडाका गायक सुभाष गहतराजको दोस्रो एल्बम सुभाष भित्रको सुनन भन्ने गीतको भिडियो सार्वजानिक भएको छ । सुभाषको आवाज रहेको गीतलाई तुलाराम थापाले लेखेका हुन्, । सुभाष र तुलाराम संयुक्त संगीत रहेको गीतलाई एलोन सुजन मग्रातीले खिचेका छन्, भने सुरेन्द्र दाहालले सम्पादन गरेका छन्, । सङ्गस नेपालले भिडियो गीतलाई बजारमा ल्याएको छ । हेटौडा र काठमाडौंमा

`द मंगोलियन हर्ट ´ यहि असोज ६ बाट देशै भर प्रदर्सन हुँदै

आर.एल फिल्म इन्टरटेनमेन प्रालिको ब्यानरमा बनेको नेपाली कथानक चलचित्र `द मंगोलियन हर्ट´ यहि असोज ६ गते बाट नेपालका सम्पुर्ण हलहरुमा एकै साथ चल्ने भएको छ । नेपाली समाजमा देखिरहेको र भोगिरहेको यथार्थ घटनामा आधारित अन्तरजातीय बिबाहलाई यस चलचित्रमा प्रस्तुत गर्न खोजिएको छ । यो चलचित्र एकदमै पारिवारिक चलचित्र र समाजको लागि अज प्रेरणादायी रहने र

५१ औ दिन मनाउने क्रममा “प्रेम गित २” इलाममा प्रदर्शन हुँदै

भदौ, इलाम – साउन १३ गतेबाट प्रदर्शनमा आएको प्रेमगीत २ आफ्नो प्रदर्शनको ५१औ दिन मनाएको उपलक्ष्यमा इलाममा पनि प्रदर्शन हुने भएको छ । इलामका दर्शकसामु “प्रेमगीत २” भदौ ३० र ३१ गते इलामको गौतमबुद्ध सभा गृह (सिटी हल) मा दिनको दुइवटा सो गरेर ४ वटा शो प्रदर्शन हुने भएको छ । पहिलो शो ११ः३० बजे

आँखैमा हो राखौं कि भन्दै दीपक

२१भाद्र, काठमाडौं – ‘आँखैमा हो राखौं कि…’ भन्दै आएका छन् दीपक पाठक । पहिलो एल्वम ‘म आकाश भएको हुन्छु’ बाट दर्शक–स्रोताको मन जित्न सफल दीपक पाठकको दोस्रो एल्वम स्टेप वानमा समावेश आँखैमा हो राखौं कि लिएर आएका हुन् । स्टेप वानमा रहेका गीत मध्ये ‘माकुरीले जाल बुने जसरी…’को भिडियो केही दिनअघि सार्वजनिक भएको थियो भने ‘आँखैमा

जाउ तिमिसंग बोल्दिन भन्दै पारु

१७ भादौ, काठमाडौँ – लगातार म्युजिक भिडियोको निर्देशन गर्दै आएका अहिलेका चल्तिका निर्देशक जीवन शाहीको जाउ तिमिसंग बोल्दिन बोलको गितको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गाायिका पारु ढकालको स्वरमा सजिएको गितलाइ प्रविन सन्नटाले लेखेका हुन भने अर्जुन पोखरेलले संगित भरेका छन् । द म्युजिक ग्यालरीमा मार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा रन्जन रिजाल र

ओ रामा रामा भन्दै आइन टिना (भिडियो सहित)

१३ भदौ, काठमाडौँ गायिका टिना भट्टराईको नयाँ गीत “ओ रामा रामा” सार्वजनिक भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रमका विच उक्त गीत सहित सोही गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको हो । सुरेन्द्र न्यौपानेको शब्द रहेको उक्त गीतमा गायिका आँफैले संगित भरेकी छिन् भने रिकेश गुरुगं एरेन्जरको रुपमा रहेका छन् । जीवन शाहीको निर्देशन