Sunday 19th November 2017

    “कन्या भ्रुण हत्या किन : कवि नवु सत्याल    समानुपातिक को ३३० सीटका लागि बन्दसूचीमा ४९ दलका ६ हजार ९४ जना    अनाथवालवालिकाको सहयोगका लागि नायक भट्राई कतार तिर    निर्वाचनमा यस्ता छन् चुनाव चिह्न    कलंकी क्षेत्रमा बाहिर खाजाघरको बोर्ड भित्र ग्राहकको यौनप्यास : एक जना ग्राहक बराबर १० हजार

अर्थ/ बाणिज्य

सामूहिक टमाटर खेतीबाट प्रतिव्यक्ति डेढ लाख

२० चैत्र, नेपालगन्ज – नेपालगन्ज कैलास कृषि सहकारीमार्फत जानकी गाउँपालिकाको बेलभारमा किसानले सामूहिक टमाटर खेती गरेका छन् । २२ बिघा जग्गाको टमाटर खेतीबाट प्रतिव्यक्ति डेढ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको बताए । सो जमिनबाट यो वर्ष ६ सय ६० मेट्रिक टन उत्पादन भएको छ । एक वर्षमा १ करोड ५५ लाखको टमाटर बिक्री भएको सहकारीले

हवल्दारको नेतृत्वमा रहेका समूहले ६४ तोला सुन लुटे

२० चैत, काठमाडौं – प्रहरीकै नेतृत्वमा रहेको लुटेरा समुहले ६४ तोला सुन काठमाडौंको न्युरोडबाट लुटेका छन् । सोह्रखुट्टे प्रहरीमा कार्यरत हवल्दारको नेतृत्वमा रहेका समूहले ६४ तोला सुन लुटेको प्रहरीले जनाएको छ । हवल्दारको नेतृत्वमा रहेका ८ जनाको समुहले न्युरोडमा रहेको प्रेम रत्न शाक्यको घरमा रहेको पसलबाट ६४ तोला बराबरका सुनका गहना र १३ हजार रुपैयाँ

सेवा पुर्याउने उद्देश्यले ‘कृषि मेला तथा प्रदर्शनी २०७३’ हुने

१८ चैत, भक्तपुर – एउटै ठाउँबाट सेवा पुर्याउने उद्देश्यले भक्तपुरलगायत उपत्यकाका किसानलाई जिल्ला कृषि सहकारी संस्था लिले दोस्रो ‘कृषि मेला तथा प्रदर्शनी २०७३’ को आयोजना गर्ने भएको छ । संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा चैत १९ र २० गते हुने मेलाबारे जानकारी दिँदै किसानलाई कृषि उत्पादन, मल, प्रविधि, रोग, माटो परीक्षण बारेमा जानकारी गराउने उद्देश्यले

खेती योग्य जमिन कम भएपनि रोजगारीका कारण खाद्य सुरक्षित

१७ चैत, रसुवा – रसुवाका ७० प्रतिशत घरधुरीमा कृषि उत्पादन, व्यापार व्यवसाय, पर्यटन र रोजगारीका कारण खाद्य सुरक्षित रहेका छन् । तर पनि जिल्लामा खेती योग्य जमिन ८ प्रतिशत मात्र भएकाले अन्य जिल्लाबाट खाद्यान्न ल्याउनु परेको छ । अघिल्लो वर्षको तुलनामा धान ८ प्रतिशत मकै २० प्रतिशत, आलु १५ प्रतिशतले बृद्धि भएको, १२ हजार किलो जडिबुटी

३९ अर्ब ३६ करोड ७५ लाख १३ हजार बराबरको इन्धन नेपालमा आयात

१६ चैत, पर्सा –  वीरगन्ज नाका भएर भारतबाट चालु आवको आठ महिनामा रु ३९ अर्ब ३६ करोड ७५ लाख १३ हजार बराबरको इन्धन नेपाल भित्रिएको छ । वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले नेपालका लागि बरौनी र रक्सौल तेल डिपोबाट करिब छ लाख ५० हजार २११ किलोलिटर पेट्रोल, डिजेल, मट्टितेल र भारतको मथुरा, हल्दियालगायत स्थानबाट

आज राष्ट्र बैंकले तोकेको विनिमय दर

१७ चैत, काठमाडौं – बिहीबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४४ पैसा र विक्रिदर २८ रुपैयाँ ६० पैसा रहेको छ भने एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६१ पैसा र विक्रिदर २७ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै एक बहराइन दिनारको खरिददर दुई सय ७४ रुपैयाँ

विदेशको तुलनामा घरमै दोब्बर कमाइ केरा खेतीबाट

१६ चैत, प्युठान – प्युठान सरुमारानी गाउँपालिका बांगेसालका  कुमाल दम्पतिले आफ्नै बारीमा केरा खेती गरेर लाखौं रुपैयाँ आम्दानी गरेका छन् । विदेशको तुलनामा घरमै दोब्बर कमाइ भइरहेको दम्पतिले खुसी व्यक्त गरे । विगत सात वर्षदेखि  ४६ वर्षीय श्रीमान् धनबहादुर कुमाल र ३१ वर्षीया बीमाकुमारी कुमालले व्यावसायिक केराखेती गरिरहेका छन् । बीमाका अनुसार केरा बिक्रीबाट दैनिक

शैक्षिक तथा धार्मिक महोत्सव गरि दुई करोडभन्दा बढी रकम सङ्कलन

१३ चैत, खोटाङ -दिक्तेल बहुमुखी क्याम्पसको सहयोले माटिकोरे खेलमैदानमा शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरि दुई करोडभन्दा बढी रकम सङ्कलन भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक देवी रिजालले क्याम्पसलाई मुलुककै नमुना क्याम्पस बनाउन सहयोग रकम जुटाउने उद्देश्यले आयोजित एकहप्ते शैक्षिक तथा धार्मिक महोत्सवमा अन्तिम दिन शनिबार रु दुई

जुम्लाका लागि धानको विउ राख्ने दिन भोली

११ चैत जुम्ला – जुम्ला जिल्लामा सदाझै यो बर्ष पनि धानको विउ राख्ने तयार भईरहेको छ । विशेष गरि अरु दिनहरु भन्दा चैत १२ गते धानको विउ राख्ने प्रचलन रहेको छ ।समय अनुकुल धानको विउ राख्दा राम्रो फल मिल्ने स्थानिय बासिहरुको जनविस्वास रहेको छ । धानलाई चैत १२ गते पानिमा भिजाएर राख्ने ,१६ गते त्यसलाई

धनुषामा अवैद्य चाँदीसहित एक जना पक्राउ

११ चैत, धनुषा – धनुषामा तीन किलो अवैद्य चाँदीसहित एक जनालाई ट्राफिक प्रहरीले चेकजाँचको क्रममा महोत्तरीको बर्दिबास नगरपालिका–६ का १९ वर्षका नवराज लहेरीलाई पक्राउ गरेको छ । शुक्रबार विहान बा ६ प ४६५९ नम्बरको मोटरसाइकलमा जाँदी लिएर बर्दिबासबाट सिहारको मिर्चैया जाँदै गरेका बेला लहेरीलाई पक्राउ पारेको धनुषाका ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीले जानकारी दिए ।