Monday 25th September 2017

    डा. केसी फेरी अनसनमा    दुई महिनामा आठ अर्ब मूल्य बराबरको सवारीसाधन नेपाल भित्रिए    दशैंका अवसरमा २१ कैदीलाई माफी     सखिया नाचले गाउँघर गुञ्जयमान,थारु गाउँमा दशैँको रमझम    दुइ मन्त्रीको जागिर धरापमा

अन्तराष्ट्रिय

कोलम्बियामा डुंगा दुर्घटना हुँदा ९ जनाको मृत्यु, २८ जना बेपत्ता

१२, असार – कोलम्बियामा डुंगा डुब्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २८ जना हराइरहेका छन् । उत्तर पश्चिम कोलम्बियामा १५० यात्रु सवार डुंगा डुबेको अधिकारीहरुले बताएका छन् । पर्यटकीय नगरी ग्वाटापे नजिकै रहेको कृत्रिम जलाशयमा डुंगा डुबेको थियो । दुर्घटनालगतै अन्य डुंगाले पीडितहरुको उद्दार प्रयास गरेका थिए भने सेनाको हेलिकोप्टर पनि पुगेको छ

चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनमा पहिरो जाँदा एक सय भन्दा बढी मानिस बेपत्ता

१० असार – चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनमा पहिरो जाँदा एक सय भन्दा बढी मानिस बेपत्ता भएका छन् । पहाड खसेर गएको पहिरोमा सिनमो गाउँका झण्डै ४० घर पुरिएको स्थानीय अधिकारीले उद्धृत गर्दै चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । उद्धार तथा बेपत्ताको खोजी भइरहेको छ । पहिलोपछिको तस्बिरमा गाउँ पूरै पुरिएको देखिएको छ ।

पाकिस्तानले जित्दा उत्सव मनाउने १५ भारतीय युवा पक्राउ

७ असार – च्याम्पियन्स ट्रफि क्रिकेटको उपाधि पाकिस्तानले जितेपछि उसको पक्षमा नाराबाजी गरेका १५ जना भारतमा पक्राउ परेका छन् । भारतको मध्यप्रदेशमा पाकिस्तानको पक्ष तथा भारतको विपक्षमा नाराबाजी गरेको भन्दै मुस्लिम समुदायका १५ जनालाई पक्राउ गरिएको बिबिसीले जनाएको छ । उनीहरुमाथि देश द्रोहको मुद्दा चलाइएको छ । पाकिस्तानको पक्षमा नारावाजी गरेकोमा पक्राउ परेको यो पहिलो

फेसबुकमा १००० लाइक्सका लागि यस्तो तस्बिर

७, असार – अल्जेरियामा एक व्यक्तिलाई आफ्नो सानो छोरालाई अग्लो भवनको झ्यालबाट बाहिर झुण्डाएको आरोपमा दुई वर्षको जेल सजाय सुनाइएको छ । ती व्यक्तिले अग्लो भवनमा रहेको आफ्नो फ्ल्याटको झ्यालबाट बाहिर झुण्डाएर तस्बिर खिचेका थिए । उनले यो तस्बिर फेसबुकमा लाइक्सका लागि खिचेका थिए । उनले यो तस्बिरको क्याप्सन लेखेका थिए ‘१००० लाइक्स या मैले

थाइल्याण्डमा छ सैनिक मारिए, पाँच घाइते

६, असार – दक्षिणी थाइल्याण्डमा सोमबार भएको बम विस्फोटमा परी छ सैनिकको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका प्रहरीले स्रोतले जनाएको छ । थाइल्याण्डको राजधानी बैंककबाट १ हजार ५५ किलोमिटर दक्षिणमा पर्ने पत्तानी प्रान्तको थुङयाङ दाएङ सडकमा स्थानीय आतङ्ककारीहरुले बम आक्रमण गरेका थिए । छ सैनिकको मृत्यु हुनको साथै अन्य पाँचजना घाइते भएका छन्

पैदल यात्रुलाई भ्यानले ठक्कर दिँदा थुप्रै घाइते

५ असार, काठमाडौं – उत्तरी लन्डनको पिन्सबरी पार्कमा रहेको मस्जिद नजिकै एक भ्यानले पैदल हिँडिरहेका यात्रीहरूलाई ठक्कर दिँदा थुप्रै व्यक्ति घाइते भएको बीबीसीले जनाएको छ । घटनामा कसैको मृत्यु भए नभएको कुरा अझै थाहा हुन सकेको छैन । सेभन सिस्टर रोडमा भएको यो घटनामा संलग्न एक जना व्यक्तिलाई लन्डन पुलिसले गिरफ्तार गरेको छ । मुस्लिम

समुद्री क्षेत्रमा हराएका अमेरिकी नौसेनाको शव भेटियो

४ असार – अमेरिकी नौसेनाको पानी जहाज जापानको समुद्री क्षेत्रमा अर्को पानी जहाजसँग ठोक्किँदा हराएका चालक दलका सात सदस्य मृत अवस्थामा भेटिएका छन् । अमेरिकी नौसेनाको युएसएस फिट्जेरल्ड पानी जहाज सामान बोक्ने अर्को पानी जहाजसँग योकोसुकाको दक्षिण–पश्चिम तर्फको समुद्री क्षेत्रमा शनिबार ठोक्किँदा हराएका उनीहरुलाई उद्धारकर्मीले मृत अवस्थामा भेटाएको अमेरिकी नौसेना र जापानी सञ्चारमाध्यमले जनाएका छन्

सुरक्षाकर्मीको गोलीबाट दुई जनाको मृत्यु

३ असार, काठमाडौं  -आफ्नो भाषा र स्वतन्त्रताको माग राखी दार्जीलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनका क्रममा भएको झडपमा दुई जनाको मृत्यु भएको छ ।   प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको गोर्खा जनमुक्ति मोर्चाले जनाएको छ भने घटनामा दुई समर्थकको मृत्यु भएको गोजमोका सचिव विनय तामाङले बताएका छन् । घटनामा आईआरबीका किरण तामाङको पनि मृत्यु भएको बताइएपनि पुष्टि

बेलायतकी प्रधानमन्त्रीले लण्डनको २४ तले टावरमा आगलागीको छानबिन गर्ने आदेश

२ असार – बेलायतकी प्रधानमन्त्री टेरेजा मे ले पश्चिम लण्डनको एक भवनमा भएको आगलागीबारे छानबिन गर्न आदेश दिएकि छिन । आगलागीलाई दुःखान्त भन्दै प्रधानमन्त्री मे ले घटनाबारे अनुसन्धान हुनुपर्ने बताएकि हुन । प्रधानमन्त्री मेले दुर्घटनास्थलको छोटो भ्रमण गर्दै यसबारे बृहत र सार्वजनिक रुपमा अनुसन्धान गर्न आदेश दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।लण्डनको पश्चिमी क्षेत्र लाटिमर

लण्डन आगलागीमा मृत्यु हुनेको संख्या १२ पुग्यो

१ असार – लण्डनको एक भवनमा भीषण आगलागी हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २४ तले ग्रेनफेल टावरमा आगलागी भएको हो । आगलागीमा परि ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने लण्डनका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अग्निनियन्त्रकले ६५ जनालार्य सकुशल उद्धार गरेका छन् । २४