Monday 27th January 2020

    बाध्य भए पराइको हुनलाई बोलको गित सार्वजनिक    बले र अन्जलीको टाला टुली बाटुली भिडियो    काठमाण्डौ उपत्यका नजिकै दुई प्याराग्लाइडिङ जोन थपिए    सनम कठायत र ऋचा थापा आकर्षक प्रेम मुन्द्रामा (भिडियो सहित)    मकर स्नान गरी देशैभरि उल्लासका साथ माघे संक्रान्ति मनाइँदै

अन्तराष्ट्रिय

ओस प्रान्तको अयु गाउँमा शनिबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु

१७ बैशाख, विश्केक – दक्षिण किर्गिजस्तानको ओस प्रान्तको अयु गाउँमा शनिबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको किर्गिजस्तानको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ । शनिबार राति पहिरो गएको र सात घरहरु पुरेको, छ घरका २० जनभन्दा बढी मानिस पहिरोमा पुरिएका प्रहरीले पुष्टि गरेको छ। अर्को एक घरमा रहेका चारजना पनि बेपत्ता रहेको खबर

उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा

१४ बैशाख, – अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने भएको छ । परमाणु कार्यक्रम तथा लगातारको मिसाइल तथा परमाणु परीक्षणका कारण राष्ट्रपछि डोनाल्ड ट्रम्प प्रशासनले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने तथा कुटनीतिक कदम चाल्ने तयारी गरेको हो । उत्तर कोरियाको बारेमा ह्वाइट हाउसले सिनेटलाई विशेष ब्रिफिङ गर्दैछ । उत्तर कोरियाको विषयमा ट्रम्पको नयाँ

ट्रम्पको आप्रवासी फिर्ता गराउने निर्णयलाई अदालतद्धारा रोक

१३ बैशाख,अमेरिका – अमेरिकामा आप्रवासीहरुलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने शहरलाई संघीय अनुदान नदिने राष्ट्रपतिको योजना एकजना न्यायाधीशले रोकिदिएका छन्। तर यो आदेशलाई ह्वाइट हाउसका चिफ अफ स्टाफ राइन्स प्रिबसले ‘बहुलठ्ठी’ भएको टिप्पणी गरेका छन्। सातवटा मुस्लिम बाहुल्य मुलुकबाट आप्रवासीहरुको प्रवेशलाई कटौती गर्ने ट्रम्पको योजनामा पछिल्लो आदेश अर्को कानूनी धक्का हो। ट्रम्प प्रशासनले फौजदारी

आतंककारी हमलामा एक प्रहरीको गोली हानी हत्या,दुई जना घाइते

८ बैशाख, काठमाडौं –  पेरिसमा भएको आतंककारी हमलामा एक प्रहरी अधिकारीलाई गोली हानी हत्या गरिएको छ भने दुई जना घाइते भएका छन् । उक्त आक्रमणपछि भाग्न खोजेको शंकास्पद बन्दुकधारीलाई फ्रान्सको प्रहरीले गोली हानी मारेको बीबीसीले जनाएको छ । समाचारअनुसार एक एक्लो बन्दुकधारीले मध्य पेरिसको पर्यटकीय हिसाबले लोकप्रिय च्याम्प इलिसिसमा गाडीबाट ओर्लेर प्रहरी अधिकारीलाई गोली हानिएको

अवैधानिक रुपमा रहेकाहरुलाई साउदीले आम माफी

६ वैशाख – साउदीले आम माफी प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको जनाएको छ । गएको चैत १६ गते अर्थात मार्च २९  देखि तीन महिनासम्म साउदी सरकारले अवैधानिक रुपमा रहेकाहरुलाई आम माफी दिएको छ । प्रभावकारी भनिए पनि झण्डै एक महिनाको अवधिमा कति आप्रवासी आम माफी प्रक्रियामा सामेल भए भन्ने खुलाइएको छैन् । अभियानमा झण्डै १० लाख

उत्तर कोरियाले परमाणु परीक्षणलाई निरन्तरता दिने चेतावनी

५ वैशाख – उत्तर कोरियाले परमाणु परीक्षणलाई निरन्तरता दिने चेतावनी दिएको छ । उत्तर कोरियाका एक उच्च अधिकारीले प्योङयाङले परमाणु तथा मिसाइल परीक्षणलाई निरन्तरता दिने बताएको बिबिसीले जनाएको छ । पछिल्लो समय परमाणु तथा मिसाइल परीक्षण गर्दै उत्तर कोरिया आएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै किसिमको परमाणु कार्यक्रम गर्न नपाउने गरी प्रतिबन्ध लगाएको

उत्तर कोरियाको एक सेटलाइटले पूरा अमेरिकालाई ध्वस्त पार्न सक्षम

४ बैशाख, एजेन्सी – आजकाल डोनल्ड ट्रम्पलाई उत्तर कोरियाको मिसाइल र परमाणु बमले सताइरहेको छ । तर अंतरिक्षमा प्योङ्याङको उपग्रहबाट विद्युतीय तरङ्गको एक प्रहारले पनि पूरा अमेरिकालाई ध्वस्त बनाइदिन सक्छ । अब अमेरिकी रक्षा विभाग यो खतरासँग जुघ्ने तयारी गरिरहेको छ । अमेरिकी रक्षा विशेषज्ञका अनुसार उत्तर कोरियासँग अमेरिकी पावर ग्रिडमा सेटलाइटबाट इलेक्ट्रोम्याग्नेटिक पल्स (इएमपी)

आत्मघाती कार बम हमला, सयको मृत्यु

३ बैशाख, – सरकारी नियन्त्रण भएको इलाकाबाट सिरियामा बसबाट बाहिर निस्किरहेका मानिसको समूहमाथि आत्मघाती कार बम हमला भएको छ जसमा कम्तीमा पनि सयजनाको मृत्यु भएको छ । बसमा दुई गाउँमा मानिसहरु थिए जो अन्य सुरक्षित स्थान जानका लागि प्रतिक्षारत थिए । विद्रोही र सरकारको नियन्त्रण भएको दुई–दुई इलाकाबाट करिब ३० हजार मानिसहरु निकालिनु पर्ने थियो

फुटबल खेलाडी चढेको बसलाई लक्षित गरी बम विस्फोट

३० चैत, – च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल्नका लागि मैदानतर्फ गइरहेको बोरुसिया डर्टमण्ड फुटबल क्लबका खेलाडी चढेको बसलाई लक्षित गरी बम विस्फोट भएको छ। मंगलबार राति भएको विस्फोटमा डर्टमण्डका १ खेलाडी घाइते भएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ। मोनाकोविरुद्ध खेल्न मैदानतर्फ जाँदै गरेका खेलाडी चढेको बसलाई लक्षित गरेर ३ विस्फोट गराइएको थियो। विस्फोटमा डर्टमण्डका

फ्रान्सको आप्रबासी क्याम्पमा भीषण आगलागी

२९ चैत – फ्रान्सको उत्तरी क्षेत्रमा रहेको आप्रबासी क्याम्पमा भीषण आगलागी भएको छ । १५ सय भन्दा बढी आप्रबासी रहेको क्याम्पमा आगलागी हुँदा टहरा नष्ट भएका छन् । आगलागीका कारण कम्तिमा १० जना घाइते भएका छन् । गत महिना फ्रान्सका अधिकारीले यो आप्रबासी क्याम्पमा द्वन्द्व रहेको बताएका थिए भने आगलागीका कारण क्याम्पका सबै टहरा नष्ट