Saturday 23rd September 2017

    युवा गायक टंक बुढाथोकीको "कसरी कसरी" नामक म्युजिक भिडियो सार्बजानिक (भिडियो सहित)    २ नं प्रदेशको ४० स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूची सहित)    अब माओवादीलाइ कसैले हेप्न सक्दैन ः प्रचण्ड    लगानीलाई सुरक्षित गर्ने वातावरण नबनाएको भन्दै टेलिकमले धरहरा पुनर्निर्माणबाट हात झिक्यो    मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु

अन्तराष्ट्रिय

मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु

४ असोज, मेक्सिको –   मेक्सिकोमा मङ्गलबार राति शक्तिशाली भूकम्प गएको छ । यसमा परी १०० जनाभन्दा बढीको ज्यान गएको समाचार छ । भूकम्पले मध्य मेक्सिकोलाई बढी हानेको छ । भूकम्पको मापन ७।१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । अधिकारीहरुले भूकम्पको धक्का निकै नै शक्तिशाली महसुश भएको र यसको केन्द्रबिन्दुको मापन गहिराईमा नभएर

बाघले तर्साएपछि दर्जन बाँदरको मृत्यु

एजेन्सी – एक दर्जन बाँदरलाई भारतको एक जंगलमा मृत अवस्थामा भेटिएको छ । पशु चिकित्सकको दाबी अनुसार बाँदरलाई बाघले तर्साएपछि उनीहरु सबैको हृदयघातका कारण मृत्यु भएको हो । स्थानीयले बाँदरको सामूहिक मृत्युको खबर सम्बन्धित निकायलाई दिएका थिए । उनीहरुलाई विष खुवाएर मारिएको आशंकामा पोष्टमार्टम गरिएको र रिपोर्टमा यी सबैको एउटै समयमा हृदयघातका कारण मृत्यु भएको

मलेसियाको एक विद्यालयमा आगलागी हुँदा २४ जनाको मृत्यु

२९ भदौ, – मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको एक विद्यालयमा आगलागी हुँदा कम्तिमा २४ जनाको ज्यान गएको छ । क्वालालम्पुरमा रहेको एक धार्मिक विद्यालयमा आगलागी हुँदा विद्यार्थी र शिक्षक गरी २४ जनाको ज्यान गएको बिबिसीले जनाएको छ । बिहीबार बिहानै विद्यालयमा आगलागी भएको हो । आगलागी भएपछि विद्यालयको छात्रबासमा रहेका विद्यार्थी तथा शिक्षक फसेकाले उनीहरुको ज्यान

म्यानमारका रोहिङ्गा लडाकूद्वारा एक महिने युद्धविराम घोषणा

२५ भदौ, याङ्गुन- म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस बङ्गलादेश विस्थापित भएपछि रोहिङ्गा लडाकूहरुले आइतबार एकपक्षीय रुपमा एक महिने युद्धविरामको घोषणा गरेका छन् । “अराकान रोहिङ्गा सल्भेसन आर्मी (एआरएसए) ले सरकारी सेनाको आक्रमणबाट बच्न अस्थायी युद्धविराम घोषणा गरेको छ”, एआरएसएले आफ्नो आधिकारिक अकाउन्टमा ट्विट गरेको छ । युद्धविरामका बेला मानवीय सहायतका लागि युद्धबाट

खाडी समस्या समाधान गर्न रचानात्मक वार्ता गरौं : कतारी राजा

२३ भदौ , कतार – कतारका राजा शेख तामिम बिन हमाद अल थानीले खाडी समस्या समाधान गर्न आह्वान गर्नुभएको छ । कुनै पनि देशको सार्वभौमिकतालाई असर नपार्ने गरी रचनात्मक वार्ता मार्फत् समस्याको समाधान गर्न सकिने उहाँको भनाइ रहेको कतारको सरकारी समाचार संस्थाले जनाएको छ । कतारी राजा हमाद अल थानीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कुराकानीका

आत्मघाती आक्रमण हुदा सात जनाको मृत्यु, १२ घाइते

१८ भदौ, – इराकी सुरक्षाबलको पोशाकमा आएका आत्मघाती आक्रमणकारीहरुले उत्तरी बग्दादमा रहेको एक ऊर्जा केन्द्रमा शनिबार गरेको आक्रमणमा परी सात जनाको ज्यान गएको छ । सैनिक पोशाक र ग्रिनेडसहितको सशस्त्र हतियारधारी तीन जनाले गरेको यस आक्रमणमा परी सात व्यक्तिको ज्यान गएको साथै अन्य १२ घाइते भएका इराकी अधिकारीले जानकारी दिएका छन । राजधानी बग्दादबाट झण्डै

अमेरिकी हवाई आक्रमणमा एकै परिवारका १३ जनाको मृत्यु

१६ भदौ – पूर्वी अफगानिस्तानमा भएको अमेरिका आवद्ध सेनाको हवाई आक्रमणमा एकै परिवारका १३ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । अमेरिकी सेनाले हवाई कारबाही भने पनि मारिएका एकै परिवारका १३ जना प्राय महिला र बालबालिका रहेका एएफपीले जनाएको छ । अमेरिकी सुरक्षा बलले यस घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन्

उत्तर प्रदेशमा रेल दुर्घटना, २१ जनाको मृत्यु

४ भदौ – भारत उत्तर प्रदेशको मुजफ्फरनगरमा रेल दुर्घटना हुँदा २१ जनाको ज्यान गएको छ भने अन्य ८५ जना घाइते भएका छन् । पुरीबाट हरिद्वारका लागि छुटेको कलिंग उत्कल एक्सप्रेसको रेल दुर्घटनामा परेको हो । रेलका १३ वटा डिब्बा शनिबार बेलुका लिकबाट बाहिर गएकाले दुर्घटना भएको मुजफ्फरनगरका सरकारी अधिकारीले बताएका छन् । घाइते सबैको सरकारी

बार्सिलोनामा भएको आक्रमणमा १३ जनाको मृत्यु,

२ भदौ, – स्पेनको बार्सिलोनामा भएको आक्रमणमा १३ जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् । भ्यानको प्रयोग गरी धेरै भिड हुने क्षेत्रमा आक्रमण भएको हो । बार्सिलोनाको प्रसिद्व ठाउँ लास रामब्लास क्षेत्रमा विद्रोही समूह इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मा लिएको जनाएको छ । आइएसले आक्रमणको जिम्मा लिए पनि आक्रमणमा कसको संलग्नता थियो

पोर्चुगलमा २०० वर्ष पुरानो रुख ढल्दा १३ जनाको ज्यान गयो

३२ साउन – पोर्चुगलको मडेइरामा रुख ढलेर च्याप्दा कम्तिमा १३ जनाको ज्यान गएको छ । घटनामा अन्य ४९ जना घाइते भएका छन् । मडेइरा आइल्याण्डको फुन्चल बजारमा धार्मिक पर्व मनाउन भेला भएका मानिसको भिडमा रुख ढलेको हो । ज्यान गुमाउनेमा दुई बालबाकालिका पनि रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घाइते हुनेमा केही