Friday 19th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

एक्शन, सस्पेन्स र प्रेममा आधारित वेवसिरिज “तिमी बिना” रिलिज

Sunday, January 16, 2022 Devil Singh Rajput

काठमाडौं, दमदार एक्सन, रोमान्स, पीडा समेटिएको वेवसिरिज ‘तिमी बिना’ रिलिज भएको छ । एबिफिल्म डिजिटलद्वारा निर्मित यस सिरिजको एक्शन डिरेक्टरमा नेपाली चलचित्रका प्रसिद्ध द्धन्द निर्देशक शुक्रराज शाह रहेका छन् । नयाँ तथा पुराना कलाकारको बेजोड प्रस्तुती रहेको यस सिरिजमा दिनेश तामाङ, रोहनी लामालाई मुख्य भूमिकामा देख्न सकिनेछ भने कमल मैनाली, रोशनी सापकोटा, सरिता राजोपाध्यय ,गणेश दुलाल, पवन के. सी.,रश्मी आचार्य , प्रियंशा शाही ,अम्बिका अधिकारी, अमु क्षेत्री, विश्व लामा, सञ्जय थापाको अभिनय देख्न सकिनेछ । यस सिरिजको शब्द, संगीत, एरेन्ज रोशन बालुवाले गरेका छन् भने नब गायक अर्विन तामाङको स्वर रहेको छ । तिमी बिना वेवसिरिजको कथा, सम्बाद, पटकथा रबिन दोङले लेखेका हुन् । पोस्ट प्रोडक्सन ओजस फिल्म स्टुडियोले गरेको छ भने श्रृंगार रुबिना बुढाथोकी, छायांकन बासु न्यौपाने, सम्पादन नरोत्तम पाण्डे र श्याम कार्कीले गरेका हुन् ।

उक्त सिरिज लाई आहिलेको व्यस्त युवा निर्देशक अर्जुन गौतमले गरेका छन् । दर्शक श्रोताहरु बाट राम्रो प्रतिक्रिया पाएको निर्देशक गौतमले बताए । ‘यो सिरिज बिल्कुल अरु सिरिज भन्दा फरक रहेको, अपलोड भएको शुरु दिनमै राम्रो प्रतिकृया पाएका छौं’ उनले भने । एक्शन, सस्पेन्स र प्रेम समेटेको यो वेब सेरिज नेपालमै पहिलो पटक निर्माण भएको उनको दाबी छ ।