Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल

Monday, June 9, 2025 National Power

काठमाडौं – नागार्जुन–६, डाँडापैवा, सितापाईलामा जारी कृषि, सांस्कृतिक तथा व्यापार महोत्सव–२०८२ मा चर्चित मोडल तथा कलाकार प्रतिक्षा काफ्लेले आफ्नो झ्याप्प नृत्यमार्फत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेकी छन्।

जेठ १२ गतेदेखि सुरु भएको महोत्सवमा प्रतिकूल मौसमका बाबजुद उल्लेख्य दर्शकहरूको उपस्थिति देखिएको छ। राष्ट्रियस्तरका विभिन्न कलाकारहरूको प्रस्तुति पश्चात स्टेजमा पुगेकी काफ्लेले लोकप्रिय गीतहरूमा दमदार नृत्य प्रस्तुत गर्दै दर्शकलाई ताली, हुटिङ र नाच्न बाध्य बनाइन्। उनका प्रस्तुतिले महोत्सवको माहोल साँच्चिकै उत्सवमय बनेको थियो।

मेलामहोत्सवको पर्याय बन्दै गएकी काफ्ले, पछिल्ला केही महिनायता देशभरका सांस्कृतिक कार्यक्रमहरूमा व्यस्त देखिएकी छन्। ‘बरपिपल’, ‘मायाले’ लगायत आधा दर्जन नयाँ गीतहरूका भिडियोमार्फत चाँडै दर्शकसामु आउने तयारीमा रहेकी उनी दर्शकको माया जित्नेमा पूर्ण आशावादी छिन्।

सानैदेखि नाच र अभिनयमा रुचि राख्ने प्रतिक्षा हाल सामाजिक विषयमा आधारित टेलिचलचित्र “गाउँ फर्क” र केही जनचेतनामूलक वृत्तचित्रमा अनुबन्धित भइसकेकी छन्। अभिनय र नृत्य दुवै क्षेत्रमा अगाडि बढिरहेकी उनी नयाँ पुस्ताकी उदीयमान कलाकारका रूपमा चर्चित बन्दै गएकी छन्।