Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

भ्वाइस अफ स्याट सिजन थ्रीको उपाधी दिया घिमिरेलाई, गोबद्र्धन र ओझासहित ५ जना सम्मानित

Thursday, February 27, 2025 Devil Singh Rajput

काठमाडौं । बालगायक तथा गायिकाहरूको गायन प्रतियोगिता भ्वाइस अफ स्याट सिजन थ्रीको उपाधि पीक पोइन्ट एकेडेमीकी दिया घिमिरेले जित्न सफल भएकी छिन् । मंगलबार कमलपोखरी स्थित रसियन कल्चर सेण्टरमा आयोजित ग्राण्ड फिनालेमा दमदार प्रस्तुतीका साथ सर्वोकृष्ट बन्दै उनले उपाधी जितेकी हुन । अन्य मेगा विजेताहरूमध्ये गोल्डेन गार्डेन एकेडेमीकी संपदा घिमिरे फर्स्ट रनर अप, पीक पोइन्ट एकेडेमीकी जेबिशा श्रेष्ठ सेकेण्ड रनर-अप, साइपाल एकेडेमीका अञ्जल बाबु कट्टेल थर्ड रनर-अप र सेंट जर्ज इन्टरनेशनल स्कूलका आर्यन शाही फोर्थ रनर-अप घोषित भए।

भ्वाईस अफ स्याटमा विभिन्न विद्यालयका प्रतिभाशाली बालगायक तथा गायिकाहरूले प्रतिस्पर्धा गरेका थिए। सो अवसरमा विजेताहरुलाई नगदसहित पुरस्कार प्रदान गरिएको छ । त्यस्तै प्रतियोगिता अन्तर्गत नोब्सका मंजिल घिमिरेलाई राइजिङ स्टार अवार्ड दिइयो भने साइपाल एकेडेमीका अञ्जल बाबु कट्टेललाई पब्लिक च्वाइस अवार्ड प्रदान गरिएको छ । कार्यक्रममा लोकप्रिय अभिनेता समेत रहेका चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने स्याटका अध्यक्ष इन्जिनियर बिनय श्रेष्ठ कार्यक्रमको सभापति र स्याटका महासचिव प्रशान्त दाहाल कार्यक्रम संयोजकको भूमिकामा रहेका थिए ।

प्रतियोगितामा अग्रज गायिका संगीता प्रधान, संगीत निर्देशक राजु सिंह, र संगीतकार सन्तोष श्रेष्ठ निर्णायकको भूमिकामा थिए । यस समारोहमा विशिष्ट पाँच व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको छ । साहित्यकार एवं पत्रकार सरोज ओझालाई संचार एवम् साहित्य विधातर्फबाट सम्मानित गरिएको छ भने ऐतिहासिक पदक विजेता प्यारालिम्पियन पलेशा गोवर्धनलाई खेलकुद, काठमाडौं शिक्षा इकाइ प्रमुख बिचारी प्रसाद अधिकारीलाई शिक्षा, गायक लाक्पा शेर्पालाई कला र मिडिया रिपोर्टर सानु श्रेष्ठ पत्रकारिता क्षेत्रतर्फबाट सम्मानित गरिएको छ ।

पेशागत रुपमा आ आफ्नो क्षेत्रबाट राष्ट्र सेवामा विशिष्ट योगदान दिए बापत सो को कदर स्वरुप सम्मान गरिएको स्याटले जनाएको छ ।