Saturday 15th November 2025

    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता    दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो

चलचित्र विकास बोर्डद्वारा क्यान्सरपिडित चलचित्रकर्मी राजन थापालाई नगद एक लाख आर्थिक सहयोग

Saturday, February 1, 2025 National Power

काठमाडौँ – चलचित्र विकास बोर्डले आज क्यानसरपिडित कलाकार राजन थापालाई एक लाख रुपैया उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । ४ दशकदेखि नेपाली कलाकारितामा सकृय रहेका थापालाई विगत १ वर्षदेखि आान्द्रामा क्यानसर भई आर्थिक अभाव झेल्दै गरेकोले सहयोग गर्ने चलचित्रकर्मि कल्याणकोष सञ्चालन समीतिको निर्णयअनुसार बोर्ड अध्यक्ष दिनेश डिसीले चेक प्रदान गरेका छन् । कोषको संयोजक कलाकार बसुन्धरा भुसाल छिन् ।

२०३९ सालदेखि कलाकारीतामा प्रवेश गरेका थापाले ६ एकान ६, दुश्मन, ईकु,कंगाल, सम्पति लगायतका ठुलो पर्दाका चलचित्रहरुमा तथा अविरल बग्दछ इन्द्रावती, रहरै भो, श्रीमान श्रीमती, तितोसत्य, चक्कर, भुईचालो , सञ्चय आदिमा समेत अभिनय गरेका छन् । आर्थिक अवस्था कमजोर भई उपचार गर्न कठिनाई भएको देखिएपछि आर्थिक सहयोग प्रदान गरिएको हो ।