Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक

Tuesday, January 7, 2025 National Power

काठमाडौँ – हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको हलमा सोमबार एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । झन्डै ३ मिनेट लामो ट्रेलरले गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका ४ युवकको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न परिस्थिति झल्काएको छ । ट्रेलर हेर्दा फिल्मले हररमा पनि नयाँ स्वाद दिने अनुमान गर्न सकिन्छ ।

माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्म नविन भट्टले निर्देशन गरेका हुन् ।  कार्यक्रममा निर्माता तथा कलाकार मनोज अधिकारीले फिल्म फरक कथा बस्तुमा र नौलो शैलीमा निर्माण भएको जानकारी दिए । फिल्ममा सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, मनोजकुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको अभिनय छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठले फिल्मको स्क्रिप्ट मिलेर लेखेका हुन् ।

फिल्म बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको हो । फिल्मलाई देशभर आरआर फिल्मस्ले वितरण गर्दैछ ।