काठमाडौं – चलचित्र विकास बोर्डको नेतृत्व गरेदेखि नै अध्यक्ष दिनेश डिसीले नेपाली फिल्म क्षेत्रको श्रीवृद्धि हुने शैलीका कार्यक्रम तथा गतिविधिहरुलाई प्राथमिकता दिँदै आइरहेका छन् । विकास बोर्डको अध्यक्षको कार्यभार सम्हालेको छोटो समयमै अध्यक्ष डिसीले फिल्म क्षेत्रको सुधार तथा विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । यसैबीच, सोमवार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष डिसीले प्रदर्शनको तयारीमा रहेका नेपाली फिल्महरुको प्रचारात्मक भिडियो सामग्री सार्वजनिक गरेका छन् । ४० सेकेण्डको उक्त भिडियोमा आगामी एक महिना भित्र प्रदर्शन हुने फिल्मको सूची प्रस्तुत गरिएको छ । बोर्डले यो अभियानलाई हरेक महिना सञ्चालन गर्ने अनुमान गर्न सकिन्छ ।
उक्त भिडियो सामाग्री शेयर गर्दै अध्यक्ष डिसीले अब प्रदर्शनको तयारीमा रहेका स्वदेशी फिल्मको प्रदर्शन मिति उल्लेख गर्दै एउटा जानकारीमुलक दृष्य सामाग्री बोर्डले प्रचार गर्ने भएको उल्लेख गरेका छन् । नेपाली फिल्मका निर्माता तथा वितकरलाई अध्यक्ष डिसीको अनुरोध छ- ‘कृपया यसबारे बोर्डलाई जानकारी गराई सहयोग गरिदिनु होला ।’
बोर्डले तयार पारेको पहिलो प्रचार सामग्रीमा यही पुस २६ गतेदेखि प्रदर्शन हुने फिल्म ‘कर्साङ’, माघ ४ गतेदेखि प्रदर्शन हुने फिल्म ‘फिरफिरे फिरीरी’ तथा ‘एक्टर’, माघ ११ गतेदेखि प्रदर्शनमा आउने ‘केटी हराएको सूचना’ तथा माघ १६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘एक्टर’ को बारेमा जानकारी उल्लेख छ । यो छोटो भिडियोमा यी फिल्मका पोस्टर, प्रदर्शन मिति तथा मुख्य कलाकारको नामलाई एनिमेशन गरेर प्रस्तुत गरिएको छ । नेपाली फिल्मको प्रवद्र्धनमा चलचित्र विकाबस बोर्डको यो सकारात्मक कदमको चलचित्र क्षेत्रले स्वागत गर्ने कुरामा दुईमत छैन ।
@kalakarmi नेपाली फिल्मको प्रचार प्रसारमा चलचित्र विकास बोर्डले नयाँ अभियान थालेको छ । #FDB #filmdevelopmentboard #nepalifilm @dinesh raj dahal ( DC) #kalakarmitv #kalakarmi #ka#lakarmi♥️♥️♥️