Tuesday 3rd December 2024

    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै    पूर्व मन्त्री भण्डारीले गरे डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको कार्यालय उद्धघाटन    प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई” सार्बजनिक    पञ्जावमा मैत्रियका बालबालिकाहरु विजयी    नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना

बुद्ध धर्मका तीन प्रमुख यानहरू ‘थेरवाद, महायान र बज्रयानमा आधारित ‘परित्राण’ पुस्तक विमोचन

Friday, November 22, 2024 Devil Singh Rajput

ललितपुर, मंसिर ७।   बुद्ध धर्मका तीन प्रमुख यानहरू थेरवाद, महायान र बज्रयानमा आधारित परित्राण’ पुस्तक विमोचन कार्यक्रम सम्पन्न भ​एको छ​। बुद्ध धर्मका तीन प्रमुख यानहरू थेरवाद, महायान र बज्रयानमा आधारित गौतम बुद्धका अमूल्य उपदेश र सूत्रहरूलाई एकै ठाउँमा समेटि  पहिलोपटक प्रकाशनमा आएको यस पुस्तक सुमङ्गल विहार, लुखुसीमा मंसिर ७ गते शुक्रबार सार्वजनिक गरिएको हो ।

पुस्तक विमोचन समारोहमा उपस्थित भिक्षु महासंघका सदस्यहरूले पुस्तकले बुद्ध धर्म र जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनीहरुले यस पुस्तक धेरै फलदायी र महत्त्वपूर्णँ भन्दै प्रशंसास​हित​ भ​ने ‘समुदायमा शान्ति र सहिष्णुताको सन्देश प्रवर्द्धन गर्न य​स​ पुस्त​क धेरै फलदायी र महत्त्वपूर्णँ हुने अपेक्षा  छ’ ।

कार्यक्रम  बौद्ध विहार संघका निवर्तमान अध्यक्ष त​था वर्तमान ललितपुर च्याम्बर अफ कमर्सका  वर्तमान अध्यक्ष, धार्मिक र दार्शनिक क्षेत्रका विशिष्ट व्यक्तित्व पुष्परत्न शाक्यको  संयोजनमा सम्पन्न भएको हो।

शाक्यका अनुसार, यो पुस्तकले बुद्ध धर्मका मूलभूत सिद्धान्तहरूलाई गहन रूपमा बुझ्न र विश्वसमक्ष प्रस्तुत गर्न ठूलो योगदान पुर्‍याउनेछ। परित्राण’ पुस्तकले धार्मिक र आध्यात्मिक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ । उन​ले भ​ने ‘यो पुस्तकले ठेरावाद, महायान र वज्रयानको विशेषता, परम्परा र अभ्यासहरूलाई समग्र रूपमा समेटेर पाठकलाई बुद्ध धर्मको गहिराइमा प्रवेश गराउने उद्देश्य राखेको छ। यसको प्रकाशनले बौद्ध धर्मको अध्ययनमा रुचि राख्ने विद्यार्थी, अनुसन्धानकर्ता, र धर्मप्रेमी सबैलाई मार्गदर्शन गर्ने विश्वास हामीमा छ​’।

सहभागीहरूलाई उक्त पुस्तक वितरण स​मेत​ गरिएको थियो ।

यस पुस्तकलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाठकसमक्ष पुर्‍याउने योजनासमेत निर्माण भइरहेको छ। बुद्ध धर्मको ज्ञान र शान्तिको सन्देश फैलाउन यो पुस्तक एक महत्त्वपूर्ण साधन बन्ने शाक्य​ले ब​ताए।

‘परित्राण’ पुस्तक विमोचनसँगै दिवंगत बाबुकाजी शाक्यको १५ औं पुण्यतिथि सम्पन्न

दिवंगत बाबुकाजी शाक्यको १५ औं वार्षिक पुण्यतिथिको अवसरमा शुक्रबार सुमङ्गल विहार, लुखुसीमा विशेष कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा  बुद्ध पूजा, परित्राण पाठ, र अष्टपरिष्कार दान जस्ता धार्मिक अनुष्ठानहरू सम्पन्न भए। सहभागीहरूका लागि जलपान र भोजनको समेत व्यवस्था गरिएको थियो।

धार्मिक र सांस्कृतिक महत्वका यस्ता कार्यक्रमहरूले समाजमा समृद्धि, एकता, र सहिष्णुताको भावना बढाउने विश्वास कार्यक्रम आयोजकले व्यक्त गरेका छन।