Monday 17th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

राज र जानु अभिनित गीत ‘एउटै चाहना’को भिडियो सार्वजनिक

Wednesday, November 20, 2024 National Power

काठमाडौं-राज टाइगर र जानु कार्की अभिनित गीत ‘एउटै चाहना’को भिडियो सार्वजनिक भएको छ । अन्नु चौधरी र जीवन प्रधानङको स्वर, डिबी लामाको शब्द/संगीत, विशाल निरौलको एरेञ्ज र रञ्जित राईको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा आफूले मनपराएको मान्छेसँग सँगैसँगै जिउने एउटै चाहना रहेको भाव व्यक्त गरिएको छ । गीतमा शब्द जति प्रमिल छन् गीत सुन्दर दृष्यहरू कैद गरिएको भिडियो पनि उत्कृष्ट रहेको छ ।

केशवराज भट्टको कोरियोग्राफी एवं निर्देशन रहेको गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रकाश दाहालको सम्पादन छ । गीतको भिडियो सदिक्षा फिल्मस्को युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।