Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

जावलाखेलमा दशै महोत्सव हुँदै

Wednesday, September 25, 2024 National Power

काठमाडौं – दशैको अवसर पारेर ललितपुरको जावलाखेल स्थित जावलाखेल फुटबल मैदानमा दशैं महोत्सव हुने भएको छ । विगत ११ वर्ष देखि नेपालको विभिन्न स्थानहरुमा मेला महोत्सव गर्दै औधोगिक शान्ती नेपाल संस्थाले यस महोत्सवको आयोजना गरेको हो ।

नेपालमै उत्पादित घरेलु तथा औधोगिक सामाग्री, लताकपडा, जुत्ता तथा घरेलु सामाग्रीहरु लगायतको प्रदर्शनी, बजार प्रवद्र्धन तथा व्यवस्थापन गर्ने र एउटै स्थानबाट सबै कुराहरु उपलब्ध गराउने, महिला व्यवसायी तथा उद्धमीलाई प्रोत्साहन दिने, बालबालिकालाई उपयुक्त मनोरञ्जन गराउने तथा नयाँ प्रतिभाहरुको खोजी गर्ने उद्देश्यका साथ यही २०८१ असोज ११ गते देखि सुरु हुने महोत्सव असोजको २२ गतेसम्म चल्ने र महोत्सवमा दैनिक जीवनका उपयोगी हुने घरेलु सामानहरुको प्रदर्शनी तथा विक्री वितरण, औधोगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण, सुचना तथा विज्ञान प्रविधीको प्रदर्शनी, ग्रामीण प्रविधी सम्बन्धी गतिविधि, अटोमोबाइल, मोबाइल, इलेक्ट्रोनिक समानहरु लगायतको प्रदर्शनी तथा विक्री वितरण, हस्तकला सामाग्रीका प्रदर्शनी तथा विक्री वितरणसंगै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उत्पादित विभिन्न सामानहरुको प्रदर्शनी तथा विक्री वितरण तथा बजार व्यवस्थापन लगायत हुने कुरा औधोगिक शान्ती नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी गराउनु भयो ।

यस संगै मेला अवधिभर निःशुल्क स्वास्थ्य शिविर तथा मेला महोत्सवमा घुम्न आउने बालबालिका तथा अन्य व्यक्तिहरुका लागि बाल उधान, रोटेपिङ, ब्रेक डान्स, मारुती सर्कस लगायत विभिन्न मनोरञ्जनात्मक खेलहरुको पनि व्यवस्था रहेको कुरा महोत्सवका आयोजक संस्थाका अध्यक्ष महतले जानकारी गराउनु भयो । हरेक मेला महोत्सवको आकर्षणको रुपमा रहेको सांस्कृतिक कार्यक्रम पनि यो मेलामा रहने र कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका गायक, गायिका, हास्यकलाकार, जादुगरहरुले पनि महोत्सव स्थलमा घुम्न आउने व्यक्तिहरुलाई भरपुर मनोरञ्जन दिने कुरा पनि आयोजकले बताएका छन ।

भव्यरुपमा तयारी भईरहेको यस महोत्सवमा २०० भन्दा बढी स्टलहरु हुने छन् । साथै यसपाली महोत्सव स्थल भित्र प्रवेश गर्नका लागि प्रवेश निःशुल्क गरिएको छ भने मेला अवधिभर ५ लाख भन्दा बढी अवलोकनकर्ताहरुले मेलामा प्रवेश गर्ने आपेक्षा राखेको कुरा पनि आयोजकले जानकारी गराए ।