Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

धनमायाको सपनीमै देख्ने छैन

Monday, September 23, 2024 National Power

काठमाण्डौ  – विगत केही समयदेखि लोक गायनमा अगाडि बढिरहेकी गायिका घनमाया रानाको लोकदोहोरी गीत भर्खरै बजारमा आएको छ । सपनीमै देख्ने छैन… बोलको वियोगान्त भावको गीतमा विकास बिक्की रानाको शब्द, सन्तोष श्रेष्ठको सङ्गीत, धनमाया रानाको र विक्रम परियारको स्वरमा गीत रेकर्डिङ्ग स राजु कार्कीको एरेन्ज रहेको गीतमा श्यामश्वेत रसाइलीको सम्पादन रहेको छ ।

सपनीमै देख्ने छैन… बोलको गीतलाई असाध्यै सुन्दर तरिकाले छायाङ्कन गरिएको छ । गीतको म्युजिक भिडियोमा उदीत थापा र जानु गुरुङको अभिनय रहेकोे छ भने जीवन के.सी. र विकास बिक्की रानाको सहायक भूमिका रहेको म्युजिक भिडियोमा प्रकाश खड्काको छायाङ्कन, पदम सुबेदीको सम्पादन रहेको छ ।भिडियोलाई विकास बिक्की रानाले निर्देशन गरेका छन् । गीतको भिडियो जीवन के.सी. युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।