Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ६२ औं वार्षिकोत्सव सम्पन्न

Sunday, September 8, 2024 Devil Singh Rajput

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्नो ६२ औं वार्षिकोत्सवको अवसरमा आइतबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रम कर्पोरेशनको केन्द्रिय कार्यालय कालिमाटीमा विहान ११ बजेदेखि सुरु भएको हो । सो रक्तदान कार्यक्रमको शुभारम्भ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठले गर्नुभएको थियो । कर्पोरेशनले स्थापना दिवस मनाउने क्रममा प्रत्येक वर्ष भाद्र २७ गते आयोजना गर्ने बार्षिकोत्सव समारोहको पूर्वसन्ध्यमामा मृगौला रोग समाजको सहयोगार्थ रक्तदान कार्यक्रम नियमित संचालन गर्दै आएको छ ।

कर्पोरेसनको कालिमाटीस्थित केन्द्रीय कार्यालय परिसरमा आयोजित कार्यक्रममा रक्तदाताहरुकोे उत्साहजनक उपस्थिति रहेको कर्पोरेशनका विभागिय प्रबन्धक ब्रजेश कुमार झाले जानकारी दिनुभएको छ । कार्यक्रममा कर्पोरेसनका संचालक समिति सदस्य नारायणदास मानन्धर लगायतका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । सो अवसरमा शेयर धनी, कर्मचारी परिवार, डिलर, पत्रकार, शुभेच्छुक आदीले रक्तदान गर्नुभएको थियो ।