Sunday 19th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुने गरी काम गर्ने छु: पण्डित

Monday, September 2, 2024 National Power

काठमाडौँ – इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले संसदीय सुुनुवाइ समितिबाट आफू अनुमोदित भएमा बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुने गरी नेपाल र इजरायलबिचको द्विपक्षीय सम्बन्धलाई सुदृढ एवं मजबुत बनाउन प्रयत्नशील रहने प्रतिबद्धता जनाएका छन् ।

समितिको सोमबार बसेको बैठकमा आफ्नो कार्ययोजना पेस गर्दै उनले इजरायलीलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने, नेपालीहरुलाई इजरायलको कृषि क्षेत्रको भ्रमणका लागि असवरहरुको विकास गर्ने, नेपाल इजरायलबीच सिधा हवाइ सेवा सञ्चालनका लागि पहल गर्नेलगायतको विषय उनको कार्ययोजनामा समेटिएको छ ।