काठमाडौं – तेस्रो म्युजिक खबर तीज म्यूजिक अवार्डमा कलासँग जोडिएका विभिन्न पेशा व्यवसायका नारीहरुलाई सम्मान गरिने भएको छ । अवार्डमा गायिका कुन्ती मोक्तान, गायिका लीलावती बुढा र गायिका पूर्णकला बिसीलाई आर्टिष्ट अफ नेपाल त्रिरत्न नारी सम्मान अर्पण गर्न लागिएको हो । गायन क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका व्यक्तित्वहरुलाई यो सम्मान प्रदान गरिँदै आएको आयोजक संस्था आर्टिष्ट अफ नेपालले जानकारी गराएको छ । त्यसैगरी सौन्दर्यविद् सोनी कारञ्जितलाई आर्टिष्ट अफ नेपाल सौन्दर्यकला सम्मान अर्पण गरिने भएको छ भने पत्रकारद्वय शारदा थापा र कल्पना रेग्मीलाई आर्टिष्ट अफ नेपाल कला पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।
त्यस्तै गीतकार गायत्री थापालाई आर्टिष्ट अफ नेपाल स्रष्टा सम्मान प्रदान गरिन लागिएको छ भने गायिका कालिका रोकालाई आर्टिष्ट अफ नेपाल गायन सम्मान प्रदान गरिएको छ । त्यस्तै मोडल टीका जैसीलाई आर्टिष्ट अफ नेपाल कला सम्मानबाट सम्मानित गरिने भएको छ ।
आर्टिष्ट अफ नेपालको प्रस्तुतिमा हुने कृषि विकास बैंक तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८१ को अवसरमा यो सम्मान प्रदान गरिने भएको छ ।
त्यसैगरी तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८१ को उत्कृष्ट पाँचभित्रका मनोनयन सार्वजनिक गरिएको छ । आर्टिष्ट अफ नेपालको प्रस्तुति एवं शुभकामना मिडिया सोलुसनको आयोजनामा हुँदै आएको तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डमा विभिन्न २२ विधामा रहेका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो । विगत तीन वर्षदेखि हुँदै आएको यस अवार्डमा तीज विशेष गीतहरुलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै यस अवार्डमा त्रिरत्न नारी सम्मान, पत्रकारिता सम्मान, विभिन्न विधामा उत्कृष्टता हासिल गरेका व्यक्ति विशेष नारी सम्मान प्रदान गरिनेछ ।
यस अवार्डलाई कृषि विकास बैंकले मुख्य प्रायोजन गरेको छ । त्यस्तै गोकर्र्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, बीजी मल, बीजी बैंकट, टोखा नगरपालिका, मनकामना वेभरेज लगायत व्यवसायिक प्रतिष्ठानले अवार्डमा प्रायोजनको भूमिका खेलेका छन् ।
तीजको अवसर पारेर बजारमा आएका तीज दोहोरी गीत र मौलिक तीज गीतका विभिन्न २२ विधाका स्रष्टा र सिर्जनाको उत्कृष्ट पाँच मनोनयन निम्नानुसार रहेको छ । कार्यक्रम भाद्र १७ गते सोमबारका दिन काठमाडौंको गोंगबुस्थित बीजी बैंकटको सभाहलमा यो कार्यक्रम सम्पन्न गरिने आयोजक अध्यक्ष सबिता पोखरेलले जानकारी दिइन् ।
१.सर्वोत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ क) एचबीएन किस्मत – लेखेको टर्दैन ख) खडग बाजुराली – फेरि आयो तिजै ग) कुमार राना – जिन्दगानी के रैछ घ) कृष्ण लामिछाने – दुःखी करिम ङ) विनोद परियार – सुटुक्क सुटुक्क २. सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत संयोजक क) मदन केसी – पिँजडा ख) विश्वास नेपाल – फेरि आयो तिजै ग) कृष्ण केसी – जिन्दगानी के रैछ घ) याम थापा मगर – सारीको आँचल ङ) भुवन विके – लेखेको टर्दैन ३. सर्वोत्कृष्ट तीज गीत नवप्रतिभा क) निहारिका थापा – मै छोरीलाई गाह्रो भो ख) लक्ष्मी रावत – कर्मैमा छैन ग) दिव्यानी वली – राजै घ) प्रतिमा गैरै – खोली तिरैमा ङ) सीमा नेपाली – मै छोरीलाई गाह्रो भो ४. सर्वोत्कृष्ट तीज दोहोरी गीत शब्द क) प्रेम सापकोटा सोनु – फेरि आयो तिजै ख) प्रकाश कटुवाल – म त माइत जाने हो ग) विशाल क्षेत्री – सारीको आँचल घ) जानकी पन्थ – मै काट्छु बुढाका कुरा ङ) राजन कार्की – हर हर महादेव ५.सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत क) बालकुमार श्रेष्ठ – जिन्दगानी के रैछ ख) ज्योति न्यौपाने – कुरा काटेर ग) भानुभक्त ढकाल – ढल्काएर छड्के तिलहरी घ) विशाल क्षत्री – सारीको आँचल ङ) प्रकाश पराजुली – लेखेको टर्दैन ६. सर्वोत्कृष्ट तीज दोहोरी गीत गायक क) खुमन अधिकारी – सुटुक्क सुटुक्क ख) राजेश बर्देवा – नाच छम्मछम्म ग) कमल बिसी माल्दाइ – पोखरा घुमाउने को छ र घ) प्रकाश कटुवाल – म त माइत जाने हो ङ) सूर्य खड्का – सिताका माइती बुद्धका देश ७. सर्वोत्कृष्ट तीज दोहोरी गीत गायिका क) सुनिता बुढा क्षेत्री – पाउँदिन म छोरी ख) शान्ता जिसी – फेरि आयो तिजै ग) सिर्जु अधिकारी – म त माइत जाने हो घ) सिता श्रेष्ठ – जिन्दगानी के रैछ ङ) आशा बिसी – खाने हो पिउने हो ८. सर्वोत्कृष्ट तीज दोहोरी गीत क) जिन्दगानी चलेको छ जसोतसो – शम्भू कुँवर ख) रुक्मिना आचार्य पोखरेल – पोखरा घुमाउने को छ र ग) जिन्दगानी के रैछ – आशिष म्यूजिक घ) सीताका माइती बुद्धका देश – सूर्य खड्का ङ) मै लुरी – प्रभात अधिकारी ९. सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल महिला क) उषा सुवेदी – गल्ती भो सरी मायालु ख) स्मारिका ढकाल – काली पसमकी ग) नारायणी खत्री – आफ्नै पारामा घ) रितु तामाङ – बबाल तीज ङ) अन्जु निरौला – फेरि आयो तिजै १०. सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल पुरुष क) सहिन प्रजापति – गल्ती भो सरी मायालु ख) विमल अधिकारी – आऊ न राजा ग) शिशिर पौडेल – फेरि आयो तिजै घ) विजय पुन – सीताका माइती बुद्धका देश ङ) सुरेश कोह्ली – सुटुक्क सुटुक्क ११. सर्वोत्कृष्ट तीज गीत भिडियो श्रृंगार क) विमला तामाङ – मै छोरीलाई गाह्रो भो ख) पुनम चौधरी – काली पसमकी ग) सरिता मगर – आउन राजा घ) कविन्द्र खड्का – म त माइत जाने हो ङ) सरोज बुढाथोकी – माइती घर १२. सर्वोत्कृष्ट तीज गीत भिडियो छायाँकार क) दुर्गा पौडेल – सीताका माइती बुद्धका देश ख) करण चैंसिर – मै छोरीलाई गाह्रो भो ग) रुपेश थापा – झुम्का हरायो घ) राजेश घिमिरे – काली पसमकी ङ) अजय रेग्मी – माइती घर १३. सर्वोत्कृष्ट तीज गीत भिडियो सम्पादक क) नवीन घर्ती मगर – काली पसमकी ख) मिलन विश्वकर्मा – छमछमी नाचौंन ग) विष्णु खड्का – माइतीको गाउँमा घ) विनोद बम – स्वामीजीले भन्छन् ङ) विष्णु शर्मा – जिन्दगानी के रैछ १४. सर्वोत्कृष्ट तीज गीत भिडियो कोरियोग्राफर क) स्मृति तिमिल्सिना – मै छोरीलाई गाह्रो भो ख) शंकर बिसी – आउन राजा ग) विक्रम चौहान – छमछमी नाचौं बरिलै घ) गम्भिर विष्ट – छमछमी नाचौंन ङ) जीवन कुमार ज्ञवाली – सीताका माइती बुद्धका देश १५. सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक क) स्मृति तिमिल्सिना – मै छोरीलाई गाह्रो भो ख) पूजा ठकुरी – स्वामी जीले भन्छन् ग) किशन रेग्मी – गम्किदे मादलु घ) प्रविन थापा – छोरी भएर जन्मनु ङ) कुमार केसी – हरहर महादेव १६. सर्वोत्कृष्ट मौलिक तीज गीत मिक्सिङ क) खडग बाजुराली – मै छोरीलाई गाह्रो भो ख) कुमार राना – कर्मैमा छैन ग) कृष्ण पुन – गम्किदे मादलु घ) साजन शाह – जोर मादल ङ) विपिन आचार्य – आएन परदेशी १७. सर्वोत्कृष्ट मौलिक तीज गीत संगीत संयोजन क) विश्वास नेपाल – मै छोरीलाई गाह्रो भो ख) झलक संगीतम् – कर्मैले घुमायो ग) राजीव शाह – बारुले कम्मर घ) डोलराज बाह्रघरे – दुनियाँलाई ङ) पूर्ण संयोग – कर्मैमा छैन १८. सर्वोत्कृष्ट तीज गीत मौलिक शब्द क) डीपी खनाल – तीजै आयो ख) बबिता बानियाँ – सितारा भरेको सारी ग) प्रेम सापकोटा सोनु – काली पसम कि घ) लोकराज अधिकारी – गम्किदे मादलु ङ) धर्मराज गिरी – कर्मैमा छैन १९. सर्वोत्कृष्ट तीज गीत मौलिक संगीत क) दिपकराज विश्वकर्मा – जुन बरिलै ख) पूर्ण परियार – माइती घर ग) अनिश दवाडी – राजै घ) दिपक शर्मा – मन परेको मान्छे ङ) सरोज कोइराला – गम्किदे मादलु २०. सर्वोत्कृष्ट तीज गीत मौलिक गायिका क) सञ्जु न्यौपाने – आएन परदेशी ख) सीता परियार – माइती घर ग) अस्मिता डल्लाकोटी – पीर कल्लाई छैन र घ) शोभा क्षेत्री – बारुले कम्मर ङ) जानकी तारमी मगर – करिम २१. सर्वोत्कृष्ट मौलिक तीज गीत क) माइती घर – सीता परियार ख) पीर कल्लाई छैन र – अस्मिता डल्लाकोटी ग) चेलीलाई माइती – सुनिता बुढा क्षेत्री घ) काली पसमकी – शान्तिश्री परियार ङ) मन परेको मान्छे- एलिना चौहान २२. सर्वोत्कृष्ट डायस्पोरा गीत क) लै बरिलै लै – संगीता थापा मगर ख) फेरि आयो तिजै – शान्ता जिसी ग) झुक्यायो बैमानीले – सुमी घिमिरे सापकोटा घ) मनैमा पाप छैन हाम्रो – विन्दु पौडेल ङ) छमछमी नाचौ बरिलै – समिक्षा दाहाल