Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

कन्हैया सिंह परियारको ‘वा रे वा‘’ सार्वजनिक (भिडियो सहित)

Thursday, August 15, 2024 National Power

काठमाडौं– यतिबेला नेपाली सांगीतिक क्षेत्रमा तीजमय भएको छ । अधिकांश लोक शैलिका गायक तथा गायिकाहरु अहिले तीज गीत–संगीतमार्फत दर्शक तथा स्रोतामाझ आइरहेका छन् । अधिकांश तीज गीतहरुमा गायिकालाई गायकहरुले पनि साथ दिएका छन् ।

यसरी सार्वजनिक भैरहेका अधिकांश तीज गीतहरु नृत्यपरक छन्, छमछमि नाच्ने शैलीका छन् ।यसैबीच, लोकप्रिय गायक तथा संगीतकार कन्हैया सिंह परियारले पनि आफ्नो नृत्यपरक गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आइतवार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको ‘वा रे वा‘’ बोलको गायक सिंहको गीतको भिडियो आकर्षक बनेको छ । तर गायक तथा संगीतकार कन्हैया सिंह परियारको उक्त गीत भने तीजको गीत नभई लोकपप शैलिमा निर्माण गरिएको हो ।

गीतकार डिआर राईको शब्द तथा चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत निर्देशनको यो गीतमा आमोस तामाङको संगीत संयोजन रहेको छ । कीर्तिपुरका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोमा सञ्जीव तामाङले कोरियोग्राफी तथा निर्देशन गरेका छन् ।

भिडियोमा अपेक्षा सिंह तथा सञ्जिव तामाङले फिचर्ड छन् । उनीहरुले गीतको भाव अनुसार आकर्षक अभिनयका साथै सुन्दर नृत्य प्रस्तुत गरेका छन् । देव दोर्जे लामाद्वारा छायांकन गरिएको यो भिडियोलाई जोन राईले सम्पादन गरेका छन्  ।