Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

र्‍याम्प मोडलिङमा उज्ज्वल सिवाकोटी

Thursday, June 6, 2024 National Power

काठमाडौं- कला क्षेत्रको सानैदेखिको रुचिले यतिबेला मूर्तरूप पाएको छ उज्ज्वल सिवाकोटीको । अभियनमा सानैदेखि हरूक्क हुने उहाँ स्कुल कलेजका विभिन्न कार्यक्रममा भाग लिदै यो क्षेत्रमा होमिनुभएको हो । झापा स्थाई घर हुनुभएका सिवाकोटीले आफूलाई र्‍याम्प मोडलिङमा आफूलाई प्रस्तुत गर्दै आइरहनुभएको छ । विभिन्न फेशन शोमा उत्कृष्टता प्रदर्शन गर्नुभएका सिवाकोटीले म्युजिक भिडियो र विज्ञापनमा पनि अभिनय गर्नुभएको छ ।

पछिल्लो समय नेपालमा पनि फेशन शो र र्‍याम्प मोडलका कार्यक्रम निक्कै हुने गर्दछन् । यस्तै म्युजिक भिडियोहरू पनि निरन्तर रूपमा बजारमा आइरहेका छन् । दिनहुँजस्तो नयाँ मोडेल र कलाकारहरू यो क्षेत्रमा आफ्नो भविष्य खोज्दै आएको पाइन्छ । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा जम्ने सिमित हुन्छन । यही क्षेत्रमा आफूलाई स्थापित गर्नेतर्फ आफ्ना पाइला निरन्तर बढाइरहनुभएको छ उज्ज्वलले ।

केही फिल्म र म्युजिक भिडियोमा अभिनयका लागि कुरा भइरहेको बताउनुहुने उहाँ भन्नु हुन्छ, ‘अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।’ मोडलका लागि पैसा र एक्सपोज दुवै परिपूरक भएको बताउनुहुने उहाँ आफू यही क्षेत्रमा केही उल्लेख काम गर्दै आफ्नो कलामार्फत छुट्टै पहिचान स्थापित गर्ने बताउनुहुन्छ ।