Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

स्वदेशवाद, बहुल राष्ट्रिय राज्य तथा सामुदायिक समाजवादको लागि राष्ट्रिय मुक्ति क्रान्तीले चैत्र २४ गते बृहत जन प्रदर्शन गर्ने

Friday, April 5, 2024 Devil Singh Rajput

काठमाडौं । स्वदेशवाद, बहुल राष्ट्रिय राज्य तथा सामुदायिक समाजवादको लागि राष्ट्रिय मुक्ति क्रान्तीले चैत्र २४ गते बृहत जन प्रदर्शन गर्ने भएको छ । यो आन्दोलन मार्फत वागमती प्रदेशको नाम परिवर्तन गरी नेपाः मण्डल राख्न दवाव सिर्जना गर्ने स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदले जनाएको छ । बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको लागि वागमतीप्रदेशको नाम खारेजी तथा काठमाडौं उपत्यकालाई नेपाः मण्डल घोषणा गर्न यस्तो दबाबमूलक कार्यक्रम गर्न लागिएको स्वनिग बिशेष व्युरोले जानकारी गराएको छ ।

स्वनिग बिशेष व्युरो तथा नेवाः राष्ट्रिय परिषदको आयोजनामा चैत्र २४ गते बिहान ११ बजे बसन्तपुरबाट बृहत जनप्रदर्शनसहित र्यालिको आयोजना गरिएको हो । र्यालिमा मधेसी, तामाङ, च्योबाङ, गुरूङ, राई, बाहुन, क्षेत्री, थारू, लिम्बू, शेर्पा, कुसुन्डालगायत नेपालमा रहेका सम्पूर्ण जातिलाई सहभागिता जनाउन परिषदका संयोजक सुमन सायमी र ब्युरोका संयोजक रवीन्द्र श्रेष्ठले आह्वान समेत गरेका छन् । जन प्रदर्शनमा विभिन्न जातिको भेषभुषा, झाँकी, लाखे, बाजासहित उपस्थित हुन संपुर्ण नेवार समुदायलाई आयोजकहरुले आग्रह गरेका छन् ।

आफ्नो पहिचान र अस्तित्वको लागि पहिलो पटक बागमति प्रदेशको नाम खारेजी तथा नेपा मण्डल घोषणा गर्न बृहत् जनप्रदर्शनमा मधेसी, तामाङ, च्योबाङ , गुरूङ , राई, मगर, बाहुन, क्षेत्री , थारू , लिम्बू, शेर्पा, कुसुन्डा लगायत नेपालमा रहेका सम्पुर्ण जातिको संयुक्त सहभागीता सहितको जनप्रदर्शनमा सहभागी हुन आव्हान गरिएको ब्युरोका संयोजक रवीन्द्र श्रेष्ठले बताएका छन् ।

सदियौं देखि उत्पिडनमा रहेका आदिबासी,जनजाती तथा मु्लबासी हरुमाथि पहुँच भएका सिमित व्यक्तिहरुले शासन गरिरहेको भन्दै आँट भए स्वदेशवाद, बहुल राष्ट्रिय राज्य तथा सामुदायिक समाजवादको लागि टेबुलमा बसेर बहस गर्न आफुहरु तयार रहेको राष्ट्रिय मुक्ति क्रान्तीका अगुवा नेताहरुले बताएका छन् । राष्ट्रिय मुक्ति क्रान्ती आम जनताको अधिकारलाई स्थापित गराउन शुरु भएकोले यसमा कोहि पनि छुट्न नहुने यसका नेताहरु बताउँछन् ।