Wednesday 22nd May 2024

    १२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४ असारको पहिलो साता हुने    चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघले भव्यरुपमा मनायो आफ्नो २५ औं वार्षिक उत्सब    कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ असार ७ मा    गायक थापाको मर्मश्पर्शी गीत ‘दिलमा आगो’ को म्युजिक भिडियो सार्वजनिक    १५ औं प्रिज्मा डि सिने अवार्ड भव्य रुपमा सम्पन्न

साताैं राष्ट्रिय समावेशी अवार्ड भव्य रुपमा सम्पन्न

Friday, April 5, 2024 National Power

काठमाडौ – विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै बिहिबार ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको छ ।
समारोहमा यो वर्षको रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार जुगल डंगोल सम्मानित गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)द्धारा आयोजित सो समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले अग्रज संगीतकार डँगोललाई सो सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा संगीतकार डँगोलको सम्मानमा गायिका निशा देशारले जुगलकै संगीतको गजल साउनको भेल जस्तो… प्रस्तुत गरिन भने बाँसुरीबादक नगेन्द्र राईले जुगलकै संगीतमा बाँसुरी धुन सुनाए ।
सोही समारोहमा संस्कृतिकर्मी चन्द्र कुमार राई, साहित्यकार हरिसिंह थापालगायत पनि सम्मानित भए । कार्यक्रममा ५ हजार ५५५ राशीको यो वर्षको संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार हरि दुलाललाई प्रदान गरियो ।

कार्यक्रममा मन्त्री भानुभक्त जोशीले यस्ता कार्यक्रमहरुले प्रतिभालाई प्रोत्साहन मिल्नका साथै गीत संगीतको विकाशमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यस्तै बागमति प्रदेशका श्रम तथा यातायात मन्त्री लक्ष्मण लम्सालले राज्यले गर्नु पर्ने यस्ता महत्वपूर्ण कार्यहरु पिम नेपालले आयोजना गरेर निकै प्रसँसनीय कार्य गर्दै आएको छ भने ।
आयोजक संस्था पिम नेपालका अध्यक्ष माधव राज खरेलले पिम अवार्डबारे प्रकाश पार्दै कार्यक्रममा भने,‘विगत ७ वर्ष देखि आयोजना हुदै आएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ ।’
यस्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले पहिलो सृँखलादेखि नै आफु सल्लाहकारको रुपमा रहँदै आएको र निम अवार्ड समावेशी अवार्डको रुपमा स्थापित भएको बताए । कार्यक्रममा स्वागत मन्तब्य शान्तिप्रिले व्यक्त गरेका थिए ।
कार्यक्रममा अवार्ड सँयोजक कमला जोशीले कार्यक्रममा सो अवार्डको बारेमा प्रकाश पारेकी थिईन् । सनम कठायतको व्यबस्थापन रहेको सो कार्यक्रमको निर्देशकमा राजन थापा र सल्लाहकारमा व्याकुल माईला थिए ।

अवार्ड कार्यक्रम मा नेपाल टेलिकम ,नेपाल एयर लायन्स ,कृषि बिकास बैंक,एन एमवि बैक,टेन्सवर्क, गाेकर्णेश्वर नगरपालिका  लगायत संघसंस्थाहरुले सहयाेग गरेका थिए ।

सातौं निम अवार्ड 2024-का विजेताहरु
सर्वोत्कृष्ट राष्ट्रिय भाव
कर्मा : हाम्रो भावना त एउटै

सर्वोत्कृष्ट गजल गायन
रुद्रशेखर शर्मा: किन

सर्वोत्कृष्ट गजल गायन (जुरी)
संगीता राना प्रधान : चोखो माया

सर्वोत्कृष्ट आधुनिक गायक
यस कुमार : सुस्तरी सुस्तरी

सर्वोत्कृष्ट आधुनिक गायिका
निता आचार्य : जिन्दगी त संगै जिउने हो ।

सर्वोत्कृष्ट आधुनिक संगीतकार
नरहरी प्रेमी : घर छोडेको मान्छे

सर्वोत्कृष्ट आधुनिक गीतकार पुरुष
टेक तामाङ : तिमी सागर

सर्वोत्कृष्ट आधुनिक गीतकार महिला
सविता पोख्रेल : एक चिम्टी सिन्दुर

सर्वोत्कृष्ट नव प्रतिभा गायक
राजु भट्ट : यो मुल्याई

सर्वोत्कृष्ट नव प्रतिभा गायक
सन्त बहादुर दराई (जुरी)

सर्वोत्कृष्ट नव प्रतिभा गायिका
प्रिजा मिश्र : के छ विचार

सर्वोत्कृष्ट पप गायन
डेविट शंकर : तिमिलाई हेरेर

सर्वाेत्कृष्ट डायसपाेरा अवार्ड
चेष्टर लिम्बू : जिवन एक संघर्ष

सर्वोत्कृष्ट लोक पप गायन
नविन कार्की : मान्छे होस इमान्दार

सर्वोत्कृष्ट लोक पप गीतकार
अनिल तिखत्री : तिमिलाई हेरेर

सर्वोत्कृष्ट लोक पप संगीतकार
मानस राज : मुड फ्रेस

सर्वोत्कृष्ट युगल गायन
मोहन श्रेष्ठ – सहिमा श्रेष्ठ : अरे क्यानम

सर्वोत्कृष्ट मौलीक गीत
हेमन्त कान्छा रसाईली : कोही मर्दा कसैको त

सर्वोत्कृष्ट लोकदोहोरी शब्द
सागर बास्तोला : गरिदेउ विदा

सर्वोत्कृष्ट लोकदोहोरी लय
ऋषि खड्का : गरिदेउ बिदा

सर्वोत्कृष्ट लोकदोहोरी गायक
राम कुमार नेपाली : मुटु चसकेर हो

सर्वोत्कृष्ट लोकदोहोरी गायिका
सञ्जु न्यौपाने : लामो कपाल

सर्वोत्कृष्ट मौलिक भिडियो
कमल एक्चै मगर : रामदली

सर्वोत्कृष्ट आधुनिक÷पप निर्देशक
केशव राज भट्ट : राजाको भैसी

सर्वोत्कृष्ट आधुनिक/पप मोडल पुरुष
राज टाईगर : माया गरे तिमिलाई

सर्वोत्कृष्ट आधुनिक÷पप मोडल महिला
अश्विनी शाही : तिम्रो मनमा

सर्वोत्कृष्ट लोकदोहोरी निर्देशक
सृजन बराल (ऋषि) : जारी

सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष
सागर लम्साल (बले) : सोल्टी सोल्टीनी

सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला
एन जेड सालु : आँखैमा बस्छौ की

सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला (जुरी)
प्रमिता राजघतानी : १८ प्लस

सर्वोत्कृष्ट नव मोडल पुरुष
बसन्त उदास : बैरागी

सर्वोत्कृष्ट नव प्रतिभा मोडल महिला
मिशेल घिमिरे : परिणाम

सर्वोत्कृष्ट नव प्रतिभा मोडल महिला (पब्लिक च्वाईस)
पुनम श्रेष्ठ : सुस्तरी सुस्तरी

सर्वोत्कृष्ट कोरियोग्रफर
राहुल बराईली : तिमि नै हौ

सर्वोत्कृष्ट म्युजिक एरेन्जर
सुदिप सागर : सकम्बरी

सर्वोत्कृष्ट ध्वनी मिश्रण
नरेन्द्र वियोगी : नदेखेको

सर्वोत्कृष्ट छायाँकार
मुकेश हुमागाई : तिम्रो याद

सर्वोत्कृष्ट भिडियो सम्पादक
अमृत चापागाई : मेरो लाहुरे

सर्वोत्कृष्ट नेपाल भाषा गीतकार
नातीकाजी महर्जन : बाला आपालँ

सर्वोत्कृष्ट नेपाल भाषा संगीतकार
मनराज नकर्मी : असं बजाः मंग बजाः

सर्वोत्कृष्ट नेपाल भाषा गायन
मोहन शाक्य : असं बजाः मंग बजाः

सर्वोत्कृष्ट नेपाल भाषा भिडियो
दर्शन विर शाक्य : जिगु देय् जित यः

सर्वोत्कृष्ट डेउडा गीत
शान्ति शाही : पहाडकी मैना चडी

सर्वोत्कृष्ट उत्कृष्ट मैथली/भोजपुरी गीत
प्रेमनारायण झा : आजुक दिन शुभमंगल हो

सर्वोत्कृष्ट मैथली/भोजपुरी गायन
विरेन्द्र कुमार झा : तुतै तोईड देल्ही हमर दिल

सर्वोत्कृष्ट मैथली/भोजपुरी भिडियो
मुन्ना कुमार : बिन्दिया तोहर गे

सर्वोत्कृष्ट मैथली/भोजपुरी भिडियो (जुरी)
बद्री शाह : बेटीपर नही करु अत्याचार
PHOTO LINK : NIM AWARDS -2024 (POWER NEWS FACEBOOK PAGE)