Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल

Tuesday, March 26, 2024 Devil Singh Rajput

इटहरी । ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि गर्ल्सतर्फ आर्या बस्नेत र ब्वाईज तर्फ मनन लुइँटेलले जितेका छन् । आईतवार इटहरीको लायन्स क्लबमा सम्पन्न भएको ग्रान्ड फिनालेबाट उनीहरुले उत्कृष्ट प्रस्तुतीसहित उक्त उपाधि हात पारेका हुन्छन् । उपाधीसँगै विजेताद्धय बस्नेत र लुइँटेलले २५र२५ हजार नगदका साथमा अन्य थुप्रै पुरस्कारहरु प्राप्त गरेका छन् । यस्तै गर्ल्स तर्फ नुमा राई फर्स्ट रनरअप, सृष्टि दाहाल सेकेन्ड रनरअप र दिब्यान्शी पोख्रेलले पब्लिक च्वाइसको अवार्ड हात पारे भने ब्वाइज तर्फ दिक्षित सुवेदीले फर्स्ट रनरअप, गौरव गिरीले सेकेन्डरनरअप र पब्लिक च्वाईसको अवार्ड सामिप्य श्रेष्ठले हात पारेका छन् ।

ड्रिम मोडलिङ एजेन्सीको आयोजनामा भएको ग्राण्ड फिनालेमा एलिना थापा र प्रसना राउतको कोरियोग्राफी रहेको थियो । जहाँ ५८ जना बालबालिकाहरुले प्रतिस्पर्धामा भाग लिएका थिए । इटहरीका विभिन्न विद्यालयको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी भएका बालबालिकाहरुलाई र्याम्प वाक् सहित व्यक्तित्व विकासको प्रशिक्षण दिइएको आयोजक संस्थाका प्रवन्ध निर्देशक सौरभमान भण्डारीले जानकारी गराए ।

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त ग्राण्ड फिनाले कार्यक्रमको मुख्य निर्णायकमा मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का रहेकी थिइन् भने अन्य निर्णायकहरुमा म्यान अफ द ईयर तथा काजी प्रोडक्सनका फाउन्डर सुशान्त काजी श्रेष्ठ, मिसेस नेपाल वर्ल्ड २०२४ कि बिजेता पृथ्वीब्या थापा, सामाजिक अभियान्ता तथा इभेन्ट अर्गनाइजर निश्चल मोहन पालिखे, एसियन थाई फुडकी निर्देशक तथा कुरा हेल्थकी प्रवन्ध निर्देशक चट्टरबक्स संचालिका र महिला उद्धमी समिती उद्योग संगठनकी उपाध्यक्ष जयश्री बग्री जाजु रहेका थिए ।