Tuesday 10th December 2024

    गढीमाई मेलामा दर्शनार्थीको घुइँचो    गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक    पैसाको कमी र यौन असन्तुष्टीका कारण पति-पत्नीको सम्बन्ध कमजोर हुन्छन्    हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

मार्च २९ देखि मार्च ३१ सम्म पाँचौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

Wednesday, March 13, 2024 National Power

काठमाण्डौ – नेपाल संस्कृति तथा चलचित्र केन्द्रले मार्च २९ देखि मार्च ३१ सम्म पाँचौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना राजधानी काठमाण्डौमा गर्ने भएको छ । सिनेमाको कलालाई मात्र नभई मानवअधिकार र दिगो विकास जस्ता महत्वपूर्ण मुद्दाहरूमा संवादको मञ्चको रूपमा पनि काम गर्ने एउटा कार्यक्रम प्रस्तुत गर्न पाउँदा आफु हर्षित भएको नेपाल संस्कृति तथा चलचित्र केन्द्रका अध्यक्ष तथा ५औं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४ का निर्देशक सन्तोष सुवेदीले भने। उनि भन्छन् “फिल्मको विश्वव्यापी भाषाको माध्यमबाट हामी सीमापार समानुभूति, समझदारी र सहकार्य बढाउने आशा गर्दछौं।”

मानव अधिकार, दिगो विकास र सांस्कृतिक सृजनशीलताका विषयवस्तुलाई प्रवर्द्धन गर्दै विश्वभरका विविध चलचित्रको छनोटका साथ पाँचौँ नेपाल साँस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले दर्शकलाई भरपुर मनोरञ्जन दिने आयोजकले दावी गरेका छन् । यहि मार्च २९ देखि मार्च ३१ सम्म हुने तय भएको यो महोत्सवले चलचित्र विकास बोर्ड नेपाल र पर्यटन बोर्ड नेपाल दुवैमा विभिन्न देशका चलचित्रहरु समेतको प्रदर्शन गर्नेछ । यस वर्षको महोत्सवले सांस्कृतिक आदानप्रदान र समझदारीको माध्यमको रूपमा सिनेमाको विश्वव्यापी अपीललाई जोड दिँदै ३७ विभिन्न देशका ३७ विभिन्न भाषाहरू ६० वटा चलचित्रहरुलाई प्रदर्शन गरिने आयोजकले बताएको छ । मार्च २९ मा पर्यटन बोर्डको हलमा कार्यक्रमको विशेष उद्घाटन हुनेछ । शो पश्चात तीनसम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा चलचित्र प्रदर्शन, प्यानल छलफल, मास्टर क्लास र सांस्कृतिक आदानप्रदानको कार्यक्रमहरु समेत रहने छन् ।

चलचित्र विकास बोर्डमा मार्च ३१ मा समापन समारोह तथा अवार्ड कार्यक्रमको आयोजना समेत गरिने जनाईएको छ । सात÷सात जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरूको प्यानलले उत्कृष्ट चलचित्रहरुको छनौट गरिने आयोजक समितिका अध्यक्ष सुवेदीले बताए । सात अन्तर्राष्ट्रिय निर्णायकहरुमा म्याग्डालेना जुज्जिक(पोल्याण्ड), डर्क गिल्सन (जर्मनी), लजुबिन्का स्टोजानोभिक(सर्बिया), जान स्लेंक(जर्मनी), मुश्ताक अली अहमद खान(भारत), इभा गालोभिक(क्रोएसिया), मिरियम ग्लेजर(कोरिया) रहनेछन् भने राष्ट्रिय निर्णायकहरुमा बरिष्ठ चलचित्र लेखक, कलाकार, निर्देशक मोहन निरौला, बरिष्ठ संचारकर्मी शान्तिप्रिय, नायिका आँचल दवाडी, चलचित्रकर्मी मोहन राई, कलकारसुष्मा कार्की, कलकार जय निशान्त र संगीतकार, गायक सुवास श्रेष्ठ प्रधान रहने अध्यक्ष सुवेदीले बताए ।

२०१७ देखि नेपाल कल्चर एण्ड फिल्म सेन्टर चलचित्र, कला र संस्कृतिको विकासमा काम गदैृ आईरहेको गैरनाफामुलक संस्था हो। संस्थाले फिल्म फेस्टिभललाई वार्षिक रुपमा आयोजना गर्ने गर्दछ ।