Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

सनम र अश्विनीको अभिनयमा पराईकी रानी सार्वजनिक

Thursday, February 22, 2024 National Power

काठमाण्डौ-  चर्चित गायक राज सिग्देलको आवाजमा रहेको गीत पराईकी रानी उत्कृष्ट म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । युवा प्रतिभाशाली संगीतकार तथा गीतकार रामकुमार रिमालको शब्द तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल कलाकार सनम कठायत, अश्विनी शाही साथै गीतकार तथा संगीतकार स्वयं रामकुमार रिमाल समेतको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको उक्त भिडियो धादिङ गल्छी आसपास क्षेत्रमा छायांकन गरिएको छ । उक्त म्युजिक भिडियोका प्रस्तुतकर्ता मनोज धितालको युट्युव च्यानल मार्फत सार्वजनिक म्युजिक भिडियोका निर्देशक जनक सिंह , छायांकन दिपक गिरि अनि सम्पादन अमृत चापागाईंको रहेको छ ।