Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

अंग्रेजी नयाँ बर्षको अवसरमा अमेरिकाको बाल्टिमोरमा साँगीतिक कार्यक्रम हुँदै

Wednesday, January 24, 2024 National Power

काठमाण्डौ– नयाँ वर्षको अवसर पारेर अमेरिकाको बाल्टिमोर स्थित नेपाली कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती सहितको सांगीतिक कार्यक्रम हुने भएको छ ।

यहि शुक्रबार अर्थात जनवरी २६को साँझ बाल्टिमोर स्थित 4132 E Joppa Rd, Nottingham, MD 21236  मा हुने कार्यक्रममा चर्चित गायक शिव परियार, कन्हैया सिंह परियार, अञ्जना गुरुङ, आभा मुकारुङ, कल्पना देवकोटा, प्रनिमा आचार्य, स्वरुपा रसाईली ,गायक लक्ष्मण पौडेल, भगवान भण्डारी, उदय भट्टराई, राजल लामा लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ ।

बाल्टिमोर अमेरिकामा रहेका ख्यातिप्राप्त कलाकारहरु समेतको प्रस्तुति हेर्नको लागि जनवरी २६को साँझ बाल्टिमोर आसपासको क्षेत्रमा बस्नु हुने सम्पूर्ण संगीतप्रेमी दर्शक तथा श्रोताहरुलाइ उपस्थितिको कार्यक्रमका सल्लाहकार एवं बरिष्ठ गायक तथा संगीतकार कन्हैया सिंह परियारले आव्हान गरेका छन् ।

कार्यक्रमको संयोजन मोडल तथा गायिका शान्ति भण्डारीले गरेकी छिन् भने कार्यक्रमलाई गायक तथा मोडल सज्जन बाहोराले संचालन गर्ने भएका छन् ।