Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

अंग्रेजी नयाँ बर्षको अवसरमा अमेरिकाको बाल्टिमोरमा साँगीतिक कार्यक्रम हुँदै

Wednesday, January 24, 2024 National Power

काठमाण्डौ– नयाँ वर्षको अवसर पारेर अमेरिकाको बाल्टिमोर स्थित नेपाली कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती सहितको सांगीतिक कार्यक्रम हुने भएको छ ।

यहि शुक्रबार अर्थात जनवरी २६को साँझ बाल्टिमोर स्थित 4132 E Joppa Rd, Nottingham, MD 21236  मा हुने कार्यक्रममा चर्चित गायक शिव परियार, कन्हैया सिंह परियार, अञ्जना गुरुङ, आभा मुकारुङ, कल्पना देवकोटा, प्रनिमा आचार्य, स्वरुपा रसाईली ,गायक लक्ष्मण पौडेल, भगवान भण्डारी, उदय भट्टराई, राजल लामा लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ ।

बाल्टिमोर अमेरिकामा रहेका ख्यातिप्राप्त कलाकारहरु समेतको प्रस्तुति हेर्नको लागि जनवरी २६को साँझ बाल्टिमोर आसपासको क्षेत्रमा बस्नु हुने सम्पूर्ण संगीतप्रेमी दर्शक तथा श्रोताहरुलाइ उपस्थितिको कार्यक्रमका सल्लाहकार एवं बरिष्ठ गायक तथा संगीतकार कन्हैया सिंह परियारले आव्हान गरेका छन् ।

कार्यक्रमको संयोजन मोडल तथा गायिका शान्ति भण्डारीले गरेकी छिन् भने कार्यक्रमलाई गायक तथा मोडल सज्जन बाहोराले संचालन गर्ने भएका छन् ।