Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

सिन्धु फुड प्रोडक्सद्वारा पिकनीक आयोजना

Tuesday, January 23, 2024 Devil Singh Rajput

९ माघ,काठमाडौं । गुणस्तरीय मासुको व्यवसायमा छुट्टै पहिचान बनाउन सफल सिन्धु फुड प्रोडक्स प्रालि टोखाले भब्य बनभोज कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको चोभारमा सोमबार संचालक,स्टाफ अन्य उत्साहजनक सहभागिताका बीच मनोरञ्जनात्मक क्रियाकलापका साथ पिकनिक कार्यक्रम सम्पन्न भएको हो ।पिकनिकमा सहभागीहरुलाई सम्बोधन गर्दै कम्पनिका संचालक एवमं निर्देशक बद्री बस्नेतले पछिल्लो समय हामी काममा धेरै व्यस्त भयौँ त्यसैले यस्ता खालका रिफ्रेस्मेन्ट भेटघाट कार्यक्रमहरुले पारस्परिक भाइचारा, सद्भाव र सौहाद्रता कायम गर्ने भएकाले सिन्धु फुड प्रोडक्स प्रालि टोखाले आगामी दिनमा पनि निरन्तरता दिने भन्दै उत्साहाजनक सहभागिताका लागि धन्यबाद दिए।

सिन्धु फुड प्रोडक्स प्रालि टोखाले ताजा र स्वच्छ मासु उपलब्ध गराउनको लागि उत्पादन गर्नेदेखि आधुनिक प्रविधिको फ्रेस हाउसको अवधारणा सहित हस्पिलिटी क्षेत्र होटल , रिसोर्ट ,रेस्टुरेन्ट, क्लब, बार, पार्टी–प्यालेस, क्यान्टिन, सुपर–मार्केट, ग्रोसरी मार्ट लगाएतलाई गुणस्तरीय स्वस्थ्य वर्द्धक सम्पूर्ण मासुजन्य परिकारको सुपथ मूल्य खरिदबिक्री गर्दै आएको छ।