काठमाण्डौ– लामो गृहकार्य प्रश्चात निर्देशक रमेश कोइरालाले आफ्नो महत्वकांक्षी प्रोजेक्टको रूपमा आख्यान चलचित्र “मौन आकाश” को पहिलो पोष्टर सार्वजनिक गरेका छन् । सुनील पाण्डेको लेखन रहेको चलचित्र को पोष्टरमा बालकलाकार नूर दाहलको पृष्ठभूमीमा शृहा दुलाल, धोजसिह भण्डारीलाई देखाएको छ भने अन्य कलाकारहरूमा जे.एन. घिमिरे, सुनिल पुरी, शुभम आचार्य, बिष्णु रोक्का, रमेश कोइराला, मिशेल घिमिरे,स्मारिका खनाल,श्याम केसी, सृजना गजमेर आदी रहेका छन । चलचित्रलाई लक्ष्मी भण्डारी निर्माता र प्रतिक कोइराला कार्यकारी निर्माताका रुपमा निमाृण गरेका हुन् ।
रामेश्वर हुँमागाइको छांयाकान, श्याम केसी ब्यस्थापन ,प्रोडक्सन डिजाइनर रानु निरौला, सह–निर्देशक तुलसी प्रसाद लम्सालको रहेको उक्त चलचित्रकोे पोष्ट प्रडक्सनको कार्य सम्पादक सुवास देवकोटाले गरेका छन ।
आख्यान चलचित्र “मौन आकाश “बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फेस्टिवलहरूमा प्रतिस्पर्धाको लागी सहभागिता जनाउने कुरा निर्माण पक्षका द बताएको छ भने चलचित्रलाई शिक्षा मन्त्रालयको समन्वयमा बिभिन्न स्कुल तथा कलेजहरूले बिधार्थीहरुको सचेतनाको लागी देखाइन सक्ने छन निर्देशक कोइरालाले बताएका छन् र निर्देशक कोईरालाले यस अघिका फिल्महरूबाट बिभिन्न पुरस्कारहरु समेत जित्न सफल भइ सकेका छन् ।