Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

कोईरालाको मौन आकाशको फस्ट लुक्स सार्वजानिक

Thursday, January 4, 2024 National Power

काठमाण्डौ– लामो गृहकार्य प्रश्चात निर्देशक रमेश कोइरालाले आफ्नो महत्वकांक्षी प्रोजेक्टको रूपमा आख्यान चलचित्र “मौन आकाश” को पहिलो पोष्टर सार्वजनिक गरेका छन् । सुनील पाण्डेको लेखन रहेको चलचित्र को पोष्टरमा बालकलाकार नूर दाहलको पृष्ठभूमीमा शृहा दुलाल, धोजसिह भण्डारीलाई देखाएको छ भने अन्य कलाकारहरूमा जे.एन. घिमिरे, सुनिल पुरी, शुभम आचार्य, बिष्णु रोक्का, रमेश कोइराला, मिशेल घिमिरे,स्मारिका खनाल,श्याम केसी, सृजना गजमेर आदी रहेका छन । चलचित्रलाई लक्ष्मी भण्डारी निर्माता र प्रतिक कोइराला कार्यकारी निर्माताका रुपमा निमाृण गरेका हुन् ।

रामेश्वर हुँमागाइको छांयाकान, श्याम केसी ब्यस्थापन ,प्रोडक्सन डिजाइनर रानु निरौला, सह–निर्देशक तुलसी प्रसाद लम्सालको रहेको उक्त चलचित्रकोे पोष्ट प्रडक्सनको कार्य सम्पादक सुवास देवकोटाले गरेका छन ।

आख्यान चलचित्र “मौन आकाश “बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फेस्टिवलहरूमा प्रतिस्पर्धाको लागी सहभागिता जनाउने कुरा निर्माण पक्षका द बताएको छ भने चलचित्रलाई शिक्षा मन्त्रालयको समन्वयमा बिभिन्न स्कुल तथा कलेजहरूले बिधार्थीहरुको सचेतनाको लागी देखाइन सक्ने छन निर्देशक कोइरालाले बताएका छन् र निर्देशक कोईरालाले यस अघिका फिल्महरूबाट बिभिन्न पुरस्कारहरु समेत जित्न सफल भइ सकेका छन् ।