Sunday 1st December 2024

    पूर्व मन्त्री भण्डारीले गरे डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको कार्यालय उद्धघाटन    प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई” सार्बजनिक    पञ्जावमा मैत्रियका बालबालिकाहरु विजयी    नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना    बुद्ध धर्मका तीन प्रमुख यानहरू 'थेरवाद, महायान र बज्रयानमा आधारित 'परित्राण’ पुस्तक विमोचन

लोकप्रिय मोडल सनम कठायतले गरे दर्शनको कवि बन्ने सपना पूरा

Wednesday, December 27, 2023 National Power

काठमाण्डौ – दोलखाका २४ वर्षीय दर्शन केसी ‘शान्कु’ले  अब फरक क्षमता भएका कविका रुपमा परिचय बनाएका छन । हालै राजधानीमा एभरेष्ट ग्यालरीको आयोजनामा भव्य विमोचन समारोहका साथ कवि दर्शनको पहिलो अङ्ग्रेजी कविता संग्रह “दर्शन ” बिमोचन भएको छ ।  कार्यक्रममा  बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यतामा  साथै नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल  लगायत दर्जनौ विभिन्न क्षेत्रका विशिस्ट व्यक्तित्वहरुको विशेष उपस्थितिमा  सम्पन्न भएको थियो ।

दर्शन जन्मजात देखीनै मस्तिष्क पक्षघातका कारण बोल्न हिड्डुल गर्न अनि शरीर चलाउन सक्दैनन । नाकको सहायताले मोबाइलमा टाइप गर्छन , अध्ययन  गर्छन  , कविता लेख्छ्न अनि गीत संगीत सुन्छ्न र भिडियोहरु हेर्छन ।

यसै क्रममा दर्शनले विगत लामो समय देखि निरन्तर सुगम संगीतका लोकप्रिय कलाकार / मोडल सनम कठायत अभिनित म्युजिक भिडियोहरु निकै हेर्ने गरेको पाइन्छ, अझै भनौं दर्शन कलाकार सनम कठायतका निकै ठूलो शुभचिन्तक बनिसकेका थिए । सनमका म्युजिक भिडियोहरु निरन्तर हेर्न र  सनमका अन्य गतिविधिहरु अवलोकन गर्न सामाजिक संजाल फेसबुक मार्फत सनमलाई भेटे  ।

नेपाली कलाकारिताको क्षेत्रमा आफ्नो पृथक छवि बनाइसकेका सनमले पनि केही बर्ष यता आफ्नो  जन्म दिनहरुमा अत्यन्तै मेहनतले लेखिएका अदभूत मायाले ओतप्रोत शुभकामनारुपी स्ट्याटसहरुलाई ख्याल गर्न थाले । निरन्तर सम्पर्कमा रहेका केही अन्य फ्यानहरु र केही संचारकर्मी साथीहरुले दिएको जानकारी मार्फत दर्शनलाई चिने र दर्शन आफ्नो निकै ठूलो शुभचिन्तक रहेको जानकारी पाएपश्चात्  फेसबुक मार्फत  फुर्सदको समयमा दर्शनसंग  म्यासेजमा कुराकानी गर्न थाले । करिव ५/६ बर्षको अनौपचारिक परिचय पश्चात् दर्शनका बुवा र आर्टिस्ट खवरले सनम र दर्शनको भेटघाट गराउने जमर्को गर्नु भयो र त्यो साइत मोडल सनमको जन्मदिन साउन १३ गते जुर्यो । आफुले अत्यन्तै माया गरेको कलाकार प्रत्यक्षरुपमा देख्न पाउँदा निकै खुसी बनेका दर्शनले सनमलाई भेटे पछि आफ्नो मनमा लागेका सम्पुर्ण  कुराहरु एकै छिनमा नाकको सहायताले मोबाईलमा टाइप गरेर  व्यक्त गरे ।

दशकौंदेखि सामाजिक कार्यहरुमा निकै सक्रिय रहेका सनमले दर्शनको कवि बन्ने रहर पूरा गर्ने प्रतिवद्द्ता गरेका थिए पहिलो भेटमा र त्यही प्रतिबद्द्ता अनुरुप सनमले आफ्ना केही शुभचिन्तक र साथीहरुको सहयोगमा दर्शनको कवि बन्ने सपना पूरा गरेका छ्न ।  पुस्तक विमोचनमा सनमले दर्शन जस्तो प्रतिभाशाली व्यक्ति आफ्नो अभिनय जिवनको शुभचिन्तकको रुपमा पाउनु सौभाग्य हो र दर्शन भित्रको प्रतिभालाई उजागर गर्न सहयोग गर्न पाएकोमा निकै खुशी लागेको बताए । दर्शनको अङ्ग्रेजी कविता संग्रह ‘ दर्शन ‘ प्रकाशनार्थ सहयोग गर्नुहुने सम्पुर्ण दर्शनका सहयोगी हातहरु विशेष धन्यवाद दिए । कलाकार सनमको यो उदार प्रेमभाव र सद्भाव पुर्ण सहयोग पक्कै पनि कलाकार र शुभचिन्तक विचको जिम्मेवारीपुर्ण  सम्वन्धको अनुकरणीय उदाहरण हो ।