Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

श्रीदेवको अभिनयमा ‘बहकिदै छु म ’गीतको भिडियो सार्वजनिक

Sunday, December 17, 2023 National Power

काठमाडौं- नेपाली सुगम संगीतमा परिचित गायक महेश भण्डारीको स्वरमा रहेको ‘बहकिदै छु म ’गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र विछोडमा रुमलिएका प्रेमील जोडि विचको भावनात्मक प्रेम र रोदनलाई गीतमा समेटिएको छ । समिर राईको शब्द तथा रोशन राज गुरुङ्गको संगीत र एरेन्ज रहेको छ ।

अफ्ठयारो अवस्थामा छोडि जाने आफनी प्रेमीकाको यादमा गीतमार्फत जिवन भर माया गाढा लगाउने कुरा गरेका छन । जयन्द्र कुवँरको छायाँकन , विजय राजभुर्तेलको सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिको छ ।

‘बहकिदै छु म ’गीतको भिडियोमा श्रीदेव भट्टराई र समिक्षा पोखरेलको अभिनय देख्न सकिन्छ । बाल कलाकारको भुमीकामा सानु मर्हजन र आरम्भ रिजालले साथ दिएकी छन । भिडियोको लोकेशन र खिचाई निकै आकर्षक छ । समिर राईको गीतको भिडियो निमार्णमा परिकल्पना तथा भिडियो व्यावस्थापन रहेको छ ।