Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

श्रीदेवको अभिनयमा ‘बहकिदै छु म ’गीतको भिडियो सार्वजनिक

Sunday, December 17, 2023 National Power

काठमाडौं- नेपाली सुगम संगीतमा परिचित गायक महेश भण्डारीको स्वरमा रहेको ‘बहकिदै छु म ’गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र विछोडमा रुमलिएका प्रेमील जोडि विचको भावनात्मक प्रेम र रोदनलाई गीतमा समेटिएको छ । समिर राईको शब्द तथा रोशन राज गुरुङ्गको संगीत र एरेन्ज रहेको छ ।

अफ्ठयारो अवस्थामा छोडि जाने आफनी प्रेमीकाको यादमा गीतमार्फत जिवन भर माया गाढा लगाउने कुरा गरेका छन । जयन्द्र कुवँरको छायाँकन , विजय राजभुर्तेलको सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिको छ ।

‘बहकिदै छु म ’गीतको भिडियोमा श्रीदेव भट्टराई र समिक्षा पोखरेलको अभिनय देख्न सकिन्छ । बाल कलाकारको भुमीकामा सानु मर्हजन र आरम्भ रिजालले साथ दिएकी छन । भिडियोको लोकेशन र खिचाई निकै आकर्षक छ । समिर राईको गीतको भिडियो निमार्णमा परिकल्पना तथा भिडियो व्यावस्थापन रहेको छ ।