Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

भारतीय लोकप्रिय चर्चित गायक “विनीत सिंह“ नेपाल आउदै

Friday, November 24, 2023 Devil Singh Rajput

भारत को चर्चित रियालिटी शो सा रे गा मा प् २००३ ,स्टार प्लस म्युजिक का माहामुकाब्ला २००७ र इन्डियन आइदल २०२३ एबम बलिउडमा दर्जनौ भन्दा बढी गित संगीत गाएर सबैको मन जित्न सफल चर्चित गायक बिनित सिंह नेपाल आउने भएका छन्।

चर्चित गायक 2003 देखि हाल का युवा युवतीहरु माझमा धेरै नै रुचाइएको गायक नेपाल मा आउने पक्का भएसंगै उनले आफ्नो 1दिने सांगेतिक प्रस्तुतिका लागि एल एंड एन मोडेल एजेंसी संग सहकार्य गरेका छन्।

यस एल एंड एन मोडेल एजेंसी ले भर्खरै आधिकारिक जानकारी गराउदै भारतीय चर्चित गायक “बिनित् सिंह “आफ्ना ब्याण्ड सहित सांगीतिक प्रस्तुतिको लागि नेपाल ल्याउदैछन।

मिति २०८० .०८ .०२ सनिबार का दिन सिटी सेन्टर को चौथो तल्ला मा अवस्थित TTFC मा पत्रकारहरु माझ चिया पान कार्यक्रम गर्दै युवा पुस्ता माझ मा एकदमै लोकप्रिय सर्बोत्क्रिस्ट क्लब काठमाडौँ को दरबारमार्ग स्थित Club platinum मा यहि आउदो 2nd Dec 2023 मंगसिर १६ गते सनिबार को दिन आफ्नो संगेतिक प्रस्तुति राखिने भनि एक आपस बिच सहमति संगै सहकार्य गरि उक्त कार्यक्रम को टिकट बिक्रि वितरण भने एभेन्तोज नेपाल द्वारा गरिने भनि सम्झौता समेत भएको जानकारी ३६५ मिडिया का संचालक सुमन महर्जन ले जानकारी गराएकाछन्।

उक्त हुन लागेको सांगेतिक साझमा भारतीय चर्चित गायक ले ३ दिने नेपाल भ्रमण संगै आफ्ना नेपाली प्रसंशकहरुलाइ भेट्ने ,पशुपतिनाथको दर्शन संगै नेपाली परिकारहरु को स्वाद लिने संगै नेपालको एतिहासिक धरोहरहरु को अबलोकन समेत गर्ने भनि आफ्नो इच्छा व्यक्त गरेकाछन।

भारतीय चर्चित गायक का दर्जनौ भन्दा भन्दा बढी सुपरहिट गित संगीतहरु रहेकाछन् ,जसमध्ये सबै भन्दा बढी संसारभरि रुचाइएको गित “तेरा प्यार प्यार हुक्कः बार , तुम चैन हो करार हो , जलते दिए , प्रेम लिला , तु कमाल दि कुदी जस्ता सुप्रसिध गितहरु द्वारा सम्पूर्ण नेपालीहरु को मन जित्न सफल भयेसंगे सर्बश्रेष्ठ गायक का उपाधि समेत पाएकाछन्।

उक्त कार्यक्रमको मूल उद्देश्य नेपाली पर्यटन लाइ संरक्षण/प्रबर्धन संगै ब्यब्साहिक प्रबर्धन समेत रहने भनि ३ दिने दिने नेपाल भ्रमण आयोजना गर्न लागिएको यस एल एंड एन मोडेल एजेंसीका प्रबन्ध निर्देशक नितिन कायस्थ ज्यु ले जानकारी गराएकाछन्।

एस कार्यक्रममा भारतीय मात्र न भएर नेपाली चर्चित गायक हरु संगै विभिन्न किसिमका प्रस्तुति संगै क्लब को बिभिन्न इन हाउस DJ हरु को प्रस्तुति समेत रहनेछन्।

उक्त कार्यक्रमको टिकट आजैबाट अनलाइन अन्तर्गत इ-सेवा इभेन्ट्स मा जेनरल टिकट रु १०००/- मा राखिएको छ भने भीइपी १५०० – मा राखिएको छ .