Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

रोटरी क्लव ज्ञानेश्वरद्धारा मैनबत्ती सम्वन्धी तालिम सम्पन्न

Friday, November 10, 2023 Devil Singh Rajput

कार्तिक २४, काठमाडौं । रोटरी क्लव ज्ञानेश्वरले उद्यमशिलता विकास एवं स्वरोजगार कार्यक्रम अन्र्तगत मैनबत्ती बनाउने तालिम सञ्चालन गरेको छ । काठमाडौंको ज्ञानेश्वरस्थित एट्टिक रेष्टुरेन्टमा भएको तालिम कार्यक्रममा करिव २५ जनाले सहभागिता जनाएका छन । सहभागीहरुलाई राधाको बर्न सर्भाईबरकी संस्थापक एवं महिला चेम्बरकी सदस्य राधा लक्ष्मी श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।

युवा र महिला उद्यमशिलता अन्र्तगत रोटरीले व्यवसायिक अभिवृद्धि एवं स्वरोजकारका विभिन्न कार्यक्रम गर्दै आएको छ । क्लवले यसअघी व्युटिसियन एवं पाककला सम्वन्धी विभिन्न प्रशिक्षण गर्दै आएको छ ।

कार्यक्रमको संयोजक रोटरियन श्रृष्ठि त्रिपाठीले गर्नुभएको छ । घरेलु महिलालाई लक्षित गरी आगामी दिनमा पनि थप कार्यक्रहरु सञ्चालन गरिने उहाँको भनाई छ । मैनबत्ती बनाउने कला सिकेपछि व्यवहारिक कार्यन्वयनमा पनि ध्यान दिनुपर्ने त्रिपाठीले बताउनुभयो ।
सो कार्यक्रममा रोटरीकी अध्यक्ष लेलिना भट्टराइ र पूर्वअध्यक्ष रश्मिला श्रेष्ठको पनि सहभागिता थियो ।