Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

भूकम्प पीडितहरुलाई राहतको कुनै अभाव हुँदैन प्रधानमन्त्री दाहाल

Wednesday, November 8, 2023 National Power

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुको उद्धार, राहत र पूननिर्माणको लागि सरकार गम्भीर रुपले लागिपरेको बताएका छन् । उनले उद्धारजस्तै सरकारले राहत वितरण प्रक्रियालाई पनि चुस्त दुरुस्त रुपमा सञ्चालन गरिरहेकोले पीडितलाई कुनैपनि कुराको अभाव नहुने बताएका छन् ।

पत्रकार ऋषि धमला कुरा गर्दै उनले भने,‘भूकम्प पीडितहरुको लागि राहतको कुनै अभाव छैन् । सबैले पाउँछन् । मित्र राष्ट्र भारत र चीनबाट पनि ठूलो मात्रामा भूकम्प पीडितहरुको लागि अत्यावश्यक सामाग्री आएका छन् । अब उद्धारजस्तै राहत पनि प्रभावकारी हुन्छ । पीडितहरुको लागि अस्थायी बसोबासको राम्रो प्रवन्ध छ । छिट्टै सरकारले पूननिर्माणको अभियानलाई पनि सुरु गर्नेछ ।