Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

कृष्ण र सुनिताको सन्देशमुलक गीत ‘मुटु रेटिन्छ’ भिडियो सार्वजनिक

Wednesday, November 8, 2023 National Power

काठमाडौं – पछिल्लो समय स्टेज कार्यक्रममा ब्यस्त रहदै आइरहेका गायक कृष्ण गैरेले देशमा चलिरहेको मिटरब्याजीका कारण गरिब जनताको कसरी उठिवास भैरहेको छ भन्ने अतिनै मर्मश्पर्शी, सन्देशमुलक गीत ‘मुटु रेटिन्छ’को भिडियो सार्वजनिक भएको छोटो समयमै १५ लाख भन्दा बढीले टिकटक बनाएर पोष्ट गरिसकेका छन् ।

मनैछुने गीतको भिडियोमा रबी गीरी, निक्स शर्मा, जुनु गुरुङ, अर्जुन भट्टराई, दिनेश भण्डारी, आशा बिश्वकर्मा, विदुर पोखरेल, शरण थामी, आशिष अधिकारी, अनिल भण्डारी, विष्णु थापा रहेका छन् । लोकप्रिय गायक कृष्ण गैरे र सुनिता बुढा क्षेत्रीको स्वर, हुम गैरेको शब्द समेटिएको गीतको लय नन्दु परियार, संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन् । रोशन तामाङले खिचेको म्युजिक भिडियोका सम्पादक, निर्देशन हुम गैरे हुन् ।