Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

कृष्ण र सुनिताको सन्देशमुलक गीत ‘मुटु रेटिन्छ’ भिडियो सार्वजनिक

Wednesday, November 8, 2023 National Power

काठमाडौं – पछिल्लो समय स्टेज कार्यक्रममा ब्यस्त रहदै आइरहेका गायक कृष्ण गैरेले देशमा चलिरहेको मिटरब्याजीका कारण गरिब जनताको कसरी उठिवास भैरहेको छ भन्ने अतिनै मर्मश्पर्शी, सन्देशमुलक गीत ‘मुटु रेटिन्छ’को भिडियो सार्वजनिक भएको छोटो समयमै १५ लाख भन्दा बढीले टिकटक बनाएर पोष्ट गरिसकेका छन् ।

मनैछुने गीतको भिडियोमा रबी गीरी, निक्स शर्मा, जुनु गुरुङ, अर्जुन भट्टराई, दिनेश भण्डारी, आशा बिश्वकर्मा, विदुर पोखरेल, शरण थामी, आशिष अधिकारी, अनिल भण्डारी, विष्णु थापा रहेका छन् । लोकप्रिय गायक कृष्ण गैरे र सुनिता बुढा क्षेत्रीको स्वर, हुम गैरेको शब्द समेटिएको गीतको लय नन्दु परियार, संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन् । रोशन तामाङले खिचेको म्युजिक भिडियोका सम्पादक, निर्देशन हुम गैरे हुन् ।