Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

मंलगवा घट्नाको निश्पक्ष छानबिनको माग गर्दै पीडित कृष्ण यादवले भने–मलाई कसले न्याय दिन्छ ?

Friday, October 6, 2023 National Power

काठमाडौं-  विगत केही समयदेखि देशका विभिन्न ठाउँमा सामाजिक सद्भाव भड्किने गतिविधि बढिरहेका छन् । पछिल्लो समय सर्लाही, धरान, नेपालगञ्जका स्थानीयले धार्मिक द्वन्द्वको पीडा झेल्नुपर्यो ।
श्रीकृष्ण जन्माष्टमी र विश्वकर्मा पुजाको मूर्ति विसर्जनका क्रममा सर्लाहीको मलंगवामा हिन्दु र मुस्लिम समुदायबीच सुरु भएको विवाद अहिलेसम्म पनि उग्र छ र सेलाएको छैन् । गत भदौ २२ गते श्रीकृष्ण जन्माष्टमीको मूर्ति विर्सजनका क्रममा हिन्दु र मुस्लिम समुदायबीच विवाद भएको थियो ।
मलंगवामा भएको उक्त घट्नाका पीडित कृष्ण यादवले आफू हिन्दु भएकै कारण पीडित हुनु परेको बताए । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दैै उनले कृष्ण भगवानको मूर्ति विसर्जनको क्रममा मुस्लिम समुदायहरुले ढुंगा, ईंटा हान्ने र तातोपानी, फोहोर पानी बर्साउने गरेपछि विवाद सुरुवात भएको बताए । मुस्लिम समुदायका केही व्यक्तिहरुले आफ्नो स्वार्थ पूरा गर्नका लागि हिन्दुमाथि आक्रमण गरेपनि सरकारले उनीहरुलाई कारबाही नगरेर उल्टो संरक्षण गरेको उनको आरोप छ ।
‘सनातनदेखि मनाइरहेको श्रीकृष्ण जन्माष्टमी पुजा गरेर मूर्ति विसर्जन गर्ने गराउने हाम्रो मिथिलाको चलन हो । सो क्रममा श्रीकृष्णको मूर्तिमाथि ढुंगा, इटा, तातोपानी, फोहोर पानी बर्साउने केही मुस्लिम अतिवादीलाई प्रहरीले आजसम्म किन समाउन सकेको छैन ?’ प्रश्न गर्दै उनले भने ।
उक्त घटनापछि भदौ २३ गते त्यहाँका हिन्दु समुदायले दोषीमाथि कारबाहीको माग गर्दै बन्द गराएको उनले बताए । उक्त क्रममा विरोध प्रर्दशन भएको भएको र त्यसको केही समयपछि मलंगवा नगरपालिका पछाडि रहेको हनुमान मन्दिरको पुजारीलाई मुस्लिमहरुले ज्यान मार्ने धम्की दिएरको उनको आरोप छ । उक्त घटना आफूहरुले प्रहरीलाई जानकारी गराउँदा प्रहरीले ‘तिमी धेरै बोलिरहेका छौं, तिमी हिन्दुको ठेकेदार हौं ?’ लगायतका प्रश्नबाट अपमानित हुन परेको उनले सुनाए ।
त्यसको केही क्षणमा नै मुस्लिम समुदायका कलाम भन्ने व्यक्तिले प्रहरीलाई कानमा खुसुक्क केही भनेपछि अरु प्रहरी फोर्स बोलाएर उक्त मन्दिरका पुजारी र आफूमाथि प्रहरीबाटै निर्घात कुटपिट भएको उनको अरोप छ । घाईते अवस्थामा आफूलाई अपहरण शैलीमा हरिवनसम्म पुर्याइएको र उपचारबाट समेत बञ्चित गराइएको उनले आरोप लगाए ।
प्रहरी प्रशासनले निश्पक्ष छानविन गरेर दोषीमाथि कारबाही गर्नुको साटोे निर्दोष सनातनी धर्मालम्वीहरुलाई नै नियन्त्रणमा लिएर अनावश्यक दुःख दिएको उनको भनाई छ । त्यहाँका स्थानीयहरुले ‘जो दोषी हो उसलाई कारबाही गर्नुस्, कफ्र्यू लगाउन पर्दैन’ भनेर पटक–पटक भन्दा पनि जिल्ला प्रशासन कार्यालयले २२ दिनसम्म कफ्यू लगाएर दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरुलाई दुःख दिएको उनको आरोप छ । उक्त घटनामा आफूले गल्ती नगरेर नै पीडित हुन परेको उनको भनाई छ । शरीरमा प्रहरीले कुट्न बाँकी राखेको कुनै अंग नै नरहेको समेत उनको भनाई छ । आफूले के गल्तीको सजाय पाएको हो भन्ने आजसम्म थाहा पाउन नसकेको उनले बताए । घट्नाको निश्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाहीका लागि उनले माग गरेका छन् ।
‘हिन्दु मुस्लिम लडाउने केही मान्छे छन् । म पीडित मान्छे, मलाई कसले न्याय दिन्छ ? मलाई उल्टै प्रहरीले नै हिर्काएको छ । मैले केही गल्ती पनि गरेको छैन । मैले गल्ती नगरेरै कुटाइ खाएको छु ।’ उनले भने, ‘मेरो शरीरमा कुनै अंग छैन, जहाँ मलाई कुटेको छैन । सरकारसँग म त्यही भन्न चाहन्छु– गल्ती के थियो मेरो भनिदिन पर्यो । अनि दोषीलाई कारबाही गरिनुपर्यो ।’
ढुंगा हान्ने, अफवाह फैलाउने, द्वन्द्व निम्त्याउने र तरबार देखाउनेहरु खुलेआम हिँडिरहेको बेला आफूले केही नगरेपनि एक महिनादेखि लुकेर बस्नुपरेको उनको भनाई छ ।
राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले देशको विभिन्न ठाउँमा धार्मिक द्वन्द्वको अवस्था सिर्जना भएको भन्दै त्यसमा आफ्नो ध्यानाकार्षण भएको बताए । उनले यसको जिम्मेवारी सरकारले लिएर सुरक्षित र भरपर्दो समाधान खोज्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । गृह प्रशासनले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा सबैतिर अवस्था तनावपूर्ण बनेको उनको दाबी छ ।
श्रीकृष्णको मूर्ति विसर्जन गर्ने क्रममा आक्रमण गर्नेलाई गृह प्रशासनले कारबाही नगर्दा अवस्था थप जटिल बनेको उनको दाबी छ । गृह प्रशासनले दोषीलाई कारबाही गर्नुको साटो सद्भाव ¥याली निकालेर बसेको उनले आरोप लगाए । दोषीलाई कारबाही नगरी सद्भाव ¥याली निकालेरमात्रै समस्याको समाधान नहुने उनको भनाई छ । जुनसुकै धर्म, जातीका मानिस भएपनि दोषीमाथि कारबाही गर्न आवश्यक रहेको उनले बताए । भोटको राजनीतिमा लागेर सरकार र गृह प्रशासनले यस्ता दोषीलाई बचाउने काम गरेको खण्डमा ठूलो मूल्य चुकाउनुपर्ने निश्चित रहेको उनले बताए ।
‘घटना घटाउनेहरुलाई आजसम्म कारबाहीको दायरामा ल्याईएन र कारबाही गरिएन । यो दुःखद् कुरा हो ।’–उनले भने,‘हामी त्यस्ता कुराहरुको विरोध गर्दै निश्पक्ष छानविन गरौं । हत्या हिंसालाई प्रश्रय दिने काम नगरौं । अतिवादी मानसिकता र आक्रमणलाई पराश्त गरौं नत्र हाम्रो राष्ट्रिय सुरक्षामा खतरा पर्नसक्छ ।’
अर्का वक्ता रामगोपाल राय यादवले आफ्नो घरपरिवारलाई मुस्लिम समुदायका केही व्यक्तिहरुले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको प्रवन्ध गरिदिन गृह प्रशासनसमक्ष गुहार मागेका छन् । आफ्नो परिवारसहितलाई ज्यान मार्ने धम्की दिनेलाई प्रहरीले समातेर साधारण कागजको भरमा छोडिदिएको उनको गुनासो छ ।
आफूले निरन्तर विधिको शासन र न्यायको पक्षमा वकालत गरिरहेको बताउँदै उनले उक्त घटनाको निश्पक्ष छानविन हुन आवश्यक रहेको माग गरे । यस्ता घटना नदोहोरियोस् भन्नका लागि राज्यले निश्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गर्नपर्ने उनीहरुको माग छ ।