Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न

Wednesday, September 27, 2023 Devil Singh Rajput

नेपालमै पहिलो पटक आयोजना गरिएको किड्स र टिन उमेर समूहका सहभागिहरुमा केन्दि«त प्रतिभा र व्यक्तित्वका विविध आयामहरु सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता लिटिल टुरिजम एम्बेसडरको पहिलो संस्करण भव्यता पूर्वक सम्पन्न भएको छ । फेसन ईराको आयोजनामा संचालन भएको उक्त प्रतियोगितामा नेपाल, फिलिपिन्स, जाम्बिया र बोत्स्वानाका सहभागिहरुवीच प्रतिस्पर्धा भएको थियो ।

्सहभागिहरुको उमेर अनुसार पाँच समूहमा विभाजन गरिएको सो प्रतियोगितामा समूह ए बाट पुरुष तथा महिला दुवैमा नेपालका सहभागिहरु विजेता चयन भएका थिए । समूह बी अन्तर्गत पुरुष तर्फ नेपालका सहभागि विजेता, फस्ट रनर अपमा जाम्बियाका पुरुष सहभागि र सेकेन्ड रनर अप तर्फ बोत्स्वाना विजेता चयन भएका थिए ।

समूह बी अन्तर्गत महिला तर्फ जाम्बिया विजेता, फस्ट रनर अपमा नेपालकी सहभागि चयन भएकी थिइन् । समूह सीमा पुरुष तर्फ नेपाल विजेता महिला तर्फ जाम्बिया विजेता घोषित भएकी थिइन् । समूह डीमा भने पुरुष तर्फ नेपाल विजेता र महिला तर्फ फिलिपिन्स विजेता भइन् । समूह ई तर्फ महिलार्फ नेपाल र फिलिपिन्स फस्ट रनर अप छनोट भएकी छिन् ।

राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा प्रस्तुत गरिएको प्रतियोगिताको निर्णायकका रुपमा म्युजिक भिडियो निर्देशक एवं गायक ससान कँडेल, अभिनेता सलोन बस्नेत, गायकद्वय सन्तोष सुनार र नरेश बढाथोकी तथा मिस कस्मोपोलिटन वल्र्ड २०१९ प्रिया रानी लामा रहेका थिए ।कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य माननीय राजीव गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।