Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

देश दौडाहमा परदेशी -२

Tuesday, September 26, 2023 National Power

काठमाडौं – काठमाडौं हुँदै मोफसल यात्रा सुरु गरेको टिम राजधानी बाहिरका विभिन्न शहरहरुमा दर्शकहरुसँग साक्षात्कार गरिरहेको छ यतिबेला। नारायण रायमाझी निर्देशित सिनेमा ‘परदेशी २’ प्रदर्शन मितिको मुखैमा छ। निर्माण टिम यतिबेला धमाधम प्रचारप्रसारमा जुटिरहेको छ।

मोफसल यात्रामा नायक प्रकाश सपूत, नायिका केकी अधिकारी, निर्देशक नारायण रायमाझी लगायतको टिम हिडेको छ। निर्देशक रायमाझीसँग केकीको यो पहिलो सहकार्य हो। पहिलो सहकार्य निकै राम्रो भएको निर्देशक रायमाझीको अनुभव छ।

घरघरको अनि समाजको कथा नै ‘परदेशी २’ भएकोले यस्तो कथामा उपयुक्त पात्र केकी बाहेक अरु कुनै विकल्प नदेखेको निर्देशक रायमाझीले बताए। मोफसल प्रचारप्रसारको लागि नेपालगन्ज पुगेका रायमाझीले मिडियाकर्मीको कुराकानीमा कथा तयार भइसकेपछि कल्पनाको क्यारेक्टर केकी बाहेक अरु नभेटेको उनले जिकिर गरे।

त्यसो त, प्रकाश सपुतले पनि सिनेमामा राम्रो काम गरेको भन्दै रायमाझीले प्रशंसा गरे। प्रकाशको यो डेव्यू सिनेमा हो। गायन र म्युजिक भिडियो निर्देशनमा राम्रो जमेका प्रकाश सिनेमामा पनि राम्रै जम्ने अनुमान गरिएको छ।

सिनेमा आगामी असोज २६ गतेबाट प्रदर्शनमा आउँदैछ। रमेश बिजीको सिनेमामा कथा रहेको छ। केकी र प्रकाशका अलावा दिलिप रायमाझी, वर्षा शिवाकोटी, रमा थपलिया, प्रशान्त तामाङ लगायतका कलाकारहरुको सिनेमामा अभिनय रहेको छ।