Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक

Tuesday, September 26, 2023 National Power

काठमाण्डौ – खप्तड क्षेत्रमा छायांकन  गरिएको अर्को नयाँ म्युजिक भिडियो  “तिम्रो सबै कुरा मन पर्छ” सार्वजनिक भएको छ । गायक बिशाल निरौला र रिज्योना कार्कीको आवाज रहेको उक्त गीतमा गायक निरौलाकै शब्द, संगीत र उहाँकै युट्युव मार्फत सार्वजनिक गरिएको दृश्यमा खप्तड अन्तर्गत रहेको उक्त म्युजिक भिडियो एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको थियोे ।

खप्तडका अत्यान्तै मनमोहक दृश्यहरु कैद गरिएको उक्त म्युजिक भिडियोमा दृश्यमा खप्तड कार्यक्रमका अभियन्ता लोकप्रिय कलाकार/ मोडल सनम कठायत र हेमा थापालाई प्रेमिल जोडीको रुपमा देख्न सकिन्छ । दिपक गीरीको छायांकन, अमृत चापागाईंको सम्पादन र जनक सिंहको निर्देशन रहेको उक्त म्युजिक भिडियो सार्वजनिक भए लगत्तै चर्चामा रहेको छ ।