Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

सङ्गीतकार सन्तोषलाई हेर्न मन भेट्न मन लागेको गीत

Saturday, September 23, 2023 National Power

काठमाण्डौ – नेपाली साङ्गीतिक महासागरमा दैनिक गीतहरू सार्वजनिक भइरहेका छन् । यसरी थुप्रै गीतहरूको भीडमा एउटा फरक शैलीको गीत सार्वजनिक भएको छ । संयोगान्त भावमा लेखिएको गीतको शब्द संयोजन अलि फरक तरिकाले गरिएको छ । कसैको पर्खाइमा चेतना हरघडी जागृत हुने भाव समेटिएको छ । नारायण नेपालको शब्द रचनामा लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठले मन्त्रमुग्ध बनाउने तरिकाले सङ्गीतबद्ध गरेका छन् । प्रसिद्ध गायक स्वरूपराज आचार्यको सुमधुर गायनले गीत अझै मीठो सुनिएको छ । राजु कार्कीले सङ्गीतसंयोजन गरेको गीतलाई प्रकाश मिश्रले ध्वनि सम्पादन गरेका छन् ।

अभिनय यात्रामा औपचारिक रूपमा सुरुवात गरेका हरिओम मङ्गोल यस गीतका मोडल हुन् । महिला मोडल आँचल गुरुङ रहेकी छन् । हरिओम र आँचलको अभिनय साँच्चिकै सुन्दर देखिएको छ ।अमृत सुनारले छायाङ्कन, विकास धमलाले दृश्य सम्पादन निकेश खड्काले निर्देशन गरेका हुन् । गीतलाई म्युजिक नेपालको अफिसिलयल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।