Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

सङ्गीतकार सन्तोषलाई हेर्न मन भेट्न मन लागेको गीत

Saturday, September 23, 2023 National Power

काठमाण्डौ – नेपाली साङ्गीतिक महासागरमा दैनिक गीतहरू सार्वजनिक भइरहेका छन् । यसरी थुप्रै गीतहरूको भीडमा एउटा फरक शैलीको गीत सार्वजनिक भएको छ । संयोगान्त भावमा लेखिएको गीतको शब्द संयोजन अलि फरक तरिकाले गरिएको छ । कसैको पर्खाइमा चेतना हरघडी जागृत हुने भाव समेटिएको छ । नारायण नेपालको शब्द रचनामा लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठले मन्त्रमुग्ध बनाउने तरिकाले सङ्गीतबद्ध गरेका छन् । प्रसिद्ध गायक स्वरूपराज आचार्यको सुमधुर गायनले गीत अझै मीठो सुनिएको छ । राजु कार्कीले सङ्गीतसंयोजन गरेको गीतलाई प्रकाश मिश्रले ध्वनि सम्पादन गरेका छन् ।

अभिनय यात्रामा औपचारिक रूपमा सुरुवात गरेका हरिओम मङ्गोल यस गीतका मोडल हुन् । महिला मोडल आँचल गुरुङ रहेकी छन् । हरिओम र आँचलको अभिनय साँच्चिकै सुन्दर देखिएको छ ।अमृत सुनारले छायाङ्कन, विकास धमलाले दृश्य सम्पादन निकेश खड्काले निर्देशन गरेका हुन् । गीतलाई म्युजिक नेपालको अफिसिलयल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।