Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक

Friday, September 22, 2023 National Power

काठमाडौं – बिगत ६ वर्षदेखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक सुमन दाहालले आफ्नो निर्देशनमा नयाँ गीत ‘तिमीलाई चाँडै‘’ को भिडियो रिलिज गरेका छन् । चलचित्र निर्देशक सुमनले यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् ।

यो आधुनिक गीतलाई अहिलेका चर्चित गायक तथा भ्वाईस अफ नेपालको कोच प्रमोद खरेलले गायका हुन् । जसमा टिका भण्डारीको संगीत रहेको छ । अमेरिकामै बस्दै आएका गीतकार ईश्वर प्रवासीले यो गीत लेखेका हुन् ।

निर्देशक सुमन दाहालले यो गीतको छायाँकन अमेरिकाको केन्टकी राज्यको लेन्जिनटन र लुइभिल शहर आसपासमा गरेका हुन् । त्यहाँका निकै सुन्दर दृष्य यो गीतको भिडियोमा समेटिएको छ । गीत जस्तै भिडियो पनि आकर्षण बनेको छ । अमेरिकामा रहेर पनि चलचित्र तथा म्युजिक भिडियो निर्देशनलाई सुमनले निरन्तता दिँदै आएका छन् ।

तिमीलाई चाँडै गीतको भिडियोमा महेन्द्र निरौलाको कोरियोग्राफी, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको रँग संयोजन, राम ढकालको पोष्टर डिजाईन रहेको छ । गीतको भिडियोलाई पवन गौतमले छायाँकन गरेका हुन् ।

प्रेम भावको रोमाञ्चक यो गीतको भिडियोमा मोडलद्धय भुवन लोहनी र निश्मा चापागाईंले अभिनय रहेको छ । भिडियोमा उनीहरुको जोडी जमेको छ । सुमनको निर्देशनमा भुवनको यो तेश्रो र निश्माको यो दोश्रो भिडियो हो । यस अघि भुवनले सुमनकै निर्देशनमा हेर्दा हेर्दै‘र यो जीवन मिठो‘गीतको भिडियोमा अभिनय गरिसकेका थिए । निश्माले यस अघि सुमनकै निर्देशनमा तिमीसँग छुट्टीएर‘गीतको भिडियोमा अभिनय गरिसकेकी छिन् ।