Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक

Thursday, September 21, 2023 National Power

काठमाडौँ – संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक भएको छ । नयाँ बानेश्वरस्थीत होटल अर्यालमा आयोजित एक कार्यक्रमका बीच पुस्तक–सम्पादक पारस प्रकाश नेपाल, संगीतकार तथा राष्ट्रिय लोक सांस्कृतिक संघका उपाध्यक्ष दिपक शर्मा, चर्चित गायक तथा राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका महासचिव नमराज ढुङ्गाना, इभेण्ट निर्देशक तथा ब्युटी पेजेण्ट एसोसियसन नेपालका महासचिव निशु कान्त झा र संगीतकार उपाध्यायले संयुक्त रुपमा गीत सार्वजनिक गरेका हुन् ।

गीतमा उपाध्यायको संगीत, स्वररुपराज आचार्यको स्वर र डा। बिनु बाबा अर्यालको शब्द छ । कार्यक्रममा प्रकाश नेपालले संगीतकार योगेन्द्र उपाध्याय शब्दको भाव अनुसारको संगीत सृजना गर्न सफल भएको बताए । यस्तै चर्चित संगीतकार दिपक शर्माले पनि संगीतकार उपाध्यायको खुलेरै तारिफ गरेका छन् । उपाध्यायको संगीतमा मौलिकता मात्र नभएर नविनता पनि भेटिने शर्माको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै संगीतकार उपाध्यायले सार्वजनिक गीतबारे प्रष्ट पारेका थिए । स्याड भर्सनको यो गीतमा शब्दको भाव अनुसारकै संगीत सृजना गर्ने आफ्नो कोसिस रहेको उनको भनाई छ । उनले सधैँ आफ्ना अघिल्ला गीतभन्दा केही न केही भिन्न सृजना गर्न रुचाउने आफ्नो स्वभाव रहेको भन्दै सार्वजनिक गीतको मुल्याङ्कन गर्ने जिम्मा अब स्रोताहरुसँग रहेको बताए ।

कार्यक्रममा वरिष्ठ गीतकार डब्बु क्षेत्री, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी, वरिष्ठ गीतकार दयाराम पाण्डेय, चलचित्र निर्देशक माधवराज खरेल, डश म्युजिकका प्रबन्ध निर्देशक तथा चर्चित संगीतकार शंकर थापा स्माइल, संगीतकार सुवास जोशी, गीतकार डा। अर्याललगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।