Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक

Wednesday, September 20, 2023 National Power

काठमाडौं – नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको लेखनमा ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको सांगीतिक भिडियो सार्वजनिक भएको छ । जंगी अड्डामा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले गीत सार्वजनिक गरे ।

राजेन्द्र बजगाईंको संगीतमा तयार भएको गीतमा मुलुक निर्माण र गौरव कायम राख्नका लागि सेनाले दिएको योगदानको चर्चा गरिएको छ । गीता पाण्डे र सुवास तिम्सिनाको स्वर समावेश गीतमा नारायण थापा, रविन्द्र लामिछाने, राजकुमार आले मगर, राजिव परियार र हेमन्त रामजेली मगरको कोरस गायन छ ।

गीतकार श्रेष्ठले कार्यक्रममा नेपाली सेनाले स्थापना कालदेखि अनवरत रूपमा कुनै पनि स्वार्थ नराखी देश र जनताको सेवा गर्दै आइरहेको बताए । ‘नेपाली सेनाले स्थापना कालदेखि नै देशको सेवामा पु¥याएको योगदानको चर्चा गर्न मन लागेकाले गीत लेखेको हुँ’ उनले भने, ‘अहिले सूचना र सञ्चारको युग भएकाले नेपाली सेनाको योगदानलाई शब्दमार्फत गीतमा ल्याएको हुँ ।’

गीतकार एवं प्राध्यापक हेम भण्डारीले गीतमा नेपाली सेनाको परिचय, योगदान र विशेषता समेटिएको टिप्पणी गरे । गीतको भिडियोमा नेपाली सेनाले गरेको योगदानलाई प्रस्तुत गरिएको छ । सेनानी विशेष पौडेलले निर्देशन गर्नुभएको गीतको भिडियोलाई प्रकाश हुमागाईं र किशोर डङ्गोलले सम्पादन गरेका छन् ।