Wednesday 16th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

पावर न्युज काभ्रे प्रतिनिधी गौतम सम्मानित

Wednesday, September 13, 2023 National Power

काभ्रे – जिल्ला सहकारी सङ्घ लिमिटेड डिस्कोफले काभ्रेका पत्रकार अरविन्द्र गौतमलाई पत्रकारिता पुरस्कार प्रदान गरेको छ । काभ्रेमा रहेर पत्रकारिता गरिहेका गौतम कोशिपारी अनलाइन न्युजका संचालक समेत हुन साथै उनि प्रेस चौतारी नेपाल काभ्रेका सह सचिव एवं काभ्रे प्रेस डट कमका प्रधान सम्पादक भएर समेत काम गरि रहेका छन् ।

पत्रकारिताका माध्यमबाट समाजलाई शुसुचित बनाउने र समाजका विभिन्न विसंगती एवं कुरित तथा सामाजिक घटनाहरुका विरुद्धमा सशक्त कलम चलाउदै सभ्य समाज निर्माण गर्नमा खेलेको भुमिकाको मुल्याँकन गर्दै डिस्कोफको ४२ औँ वार्षिक साधारणसभाको अवसरमा पत्रकार गौतमलाई उक्त सम्मान एवं पुरस्कार प्रदान गरेको बताएको छ ।

नव क्षितिज साप्ताहिकको सह सम्पादक समेतर रहेर काम गरिरहेका गौतम पावर न्युजको काभ्रे सम्बाददाता समेत हुन । मंगलबार बनेपामा आयोजना गरिएको उक्त भव्य समारोहमा बागमती प्रदेशका संस्कृती, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पत्रकार गौतमलाई सम्मान सहित नगद पाँच हजार सहित जिल्ला सहकारी संघ काभ्रेले दोसल्ला ओडाएर सम्मानपत्र प्रदान गरेको हो ।

लामो समय देखी काभ्रे जिल्लामा रहेर पत्रकारिता गरिरहेका गौतम यस अघि पनि विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुबाट सम्मानित भईसकेका छन् । सम्मान प्राप्त गर्दै पत्रकार गौतमले यस सम्मानले आफुलाई अझ थप उर्जावान बनाएको र आगामि दिनहरुमा अझै थप शसक्त ढङ्गले स्वच्छ पत्रकारिता गर्दै जाने समेत बताएका छन् ।