Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

मौलिक चलचित्र “लिलामे माइला” चाडै प्रदर्शनमा आउने

Tuesday, September 12, 2023 National Power

काठमाण्डौ– दामोदर सापकोटा कार्यकारी निर्माता र भिम लामाको निर्देशन रहेको नेपाली मौलिक कथानक चलचित्र ” लिलामे माइला ” को  प्रदर्शनका ेलाागी तैयार भएको छ । सेन्सर बोर्डसँगको लामो विवाद पछि चलचित्रले ‘यू’ सर्टिपिकेट पाए सँगै ‘लिलामे माइला’ निर्माण टिमले सार्वजानिक प्रदर्शनीको लागी तैयार बताएको छ । यद्यपी चलचित्रको प्दर्शनी मिति भने छिट्टैने सार्वजानिक गरिने बताईएको छ ।

चलचित्रमा समावेश केही डाइलग बिवादित भएको भन्दै सेन्सर बोर्डले उक्त डाइलोग हटाउन निर्देशन दिएको थियो। निर्माण युनिटले उक्त डाइलग हटाउन नसक्ने अडान लिएपछि विवाद उत्पन्न भएको थियो । अन्तत निर्माण युनिट आफ्नो अडानबाट पछि नहटेपछि चलचित्र प्रदर्शनका लागि सेन्सर बोर्डले अनुमति दिएको थियो ।

भिम लामाको निर्देशनमा निर्माण भएको चलचित्र ‘लिलामे माइला’को निर्माण दिलु सुब्बा र भिम लामाले गरेका हुन् । दामोदर सापकोटा चलचित्रका कार्यकारी निर्माता हुन् भने कमला राई चलचित्रको सहनिर्माता हुन् । प्रदर्शनको तयारीमा रहेको चलचित्रमा प्रभाकर न्यौपानेको कथा लेखन रहेको छ भने पटकथा तथा सम्वाद राज थापा काउचाको रहेको छ ।

चलचित्रमा दामोदर सापकोटा , चन्दा लिम्बू,सुर्य लिम्बु ,कमान्सिङ राई, रोशन बि सि , दिलु सुब्बा ,गङ्गा कुवर, मान्सिङ तामाङ ,उदय सुब्बा ,सुजेन्द्र गोले तामाङ ,मङ्गलसिङ तामाङ , साजन लिम्बू , प्रेमिका लामा, टि एस योन्जन, मुकुन्द बस्नेत, राजेन्द्र तामाङ , जानुका श्रेष्ठ ,कहरसिङ मगर,कृष्ण कला राई, बुद्धिमान तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको छायांकन प्रकाश सुब्बाले गरेका हुन् । चलचित्रको पहिलो बिषेश च्यारिटी शो धरानमा रेड कार्पेट सहित गर्ने तयारी भइरहेको निर्देशक लामाले जानकारी दिए ।