Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

नौजनालाई अनेसास नवरत्न पुरस्कार

Thursday, September 7, 2023 National Power

काठमाडौं – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौजना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनिय योगदान पुर्याएका नौ जना बिसेष महिला व्यक्तित्वहरूलाई नगद २ सय पचास डलरसहित सम्मान-पत्रले सम्मानित गर्न लागेको हो । नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपाने संलग्न समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।

समितिको निर्णयअनुसार अनु शाह (साहित्य-बोस्टन), आचार्य प्रभा (साहित्य-कोलोराडो), ज्योति राई (समाजसेवा-न्यूयोर्क), मञ्जु कार्की संग्रौला (डिसी-समाजसेवा),माया गुरूङ् ( साहित्य – बेलायत),रीतादेवी प्रधान (क्यालिफोर्निया- साहित्य),शान्ता घिमिरे (न्यूजर्सी- साहित्य), डा. संगीता स्वेच्छा (साहित्य-बेलायत) र सुनिता डंगोल (उपमेयर – काठमाडौं, समाजसेवा) रहेका छन् । हालसम्म उक्त पुरस्कारबाट ४५ जना महिला सम्मानित भइसकेका छन् ।