Thursday 2nd May 2024

    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन    लोक गायक कस्तुप पन्तलाई मातृ शोक    श्रमिकको बारेमा‘वफवान’को अभियान,गीतमार्फत दोहोरीसाँझदेखि मसाज सेन्टरसम्मका यथार्थ चित्रण    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : अध्यक्ष सिंह

मञ्जुको ‘यो तीजमा नजाने माइत’ सार्वजनिक

Friday, August 4, 2023 National Power

काठमाडौं – तीज आउन अझै महिना दिन भन्दा पनि बढी बाँकी छ । तर तीजका गीत भित्रिने क्रम बढ्न थालेको छ । यस्तैमा गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच गीत भिडियो सहित सार्वजनिक गरिएको हो । गीतमा विशिष्ठ संगीतकार शम्भुजित बास्कोटाको शब्द तथा संगीत छ भने एरेन्ज चाद सिंहले गरेका छन् । गम्भीर विष्टको निर्देशन÷कोरियोग्राफ रहेकोे गीतको भिडियोमा शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, निता ढुंगाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, गोमा केसी, शिला गजुरेल, मीना लामा राकेश खड्कालगायतको अभिनय छ ।

गीत सार्वजनिक कार्यक्रममा गायिका थापाले टिमको मिहिनेतका कारण गीत र भिडियो राम्रो बनेको बताइन् । यस्तै, दीपाश्रीले यो गीतमार्फत यस वर्षको तीज आएको जस्तो आभास आफूले पाएको बताइन् । तीजको गीत भन्नासाथ आफू फुरुङ भएर नाच्न जाने गरेको उनको धारणा रहेको छ । शम्भुजित बास्कोटासँग करिब आधा दशक चलचित्रमा काम गरेको अनुभवको कारण एकै पटकमा गीत कस्तो छ भन्ने पनि नसोधी फाइनल गरेको रेजिनाले बताइन् । संगीतकार शम्भुजितले आफूले एउटा तीजमा एउटा मात्रै गीत गर्ने गरेको बताउँदै यो वर्षका लागि यो भिन्न गीत दिएको बताए । सुप्रिम पराजुलीको सम्पादन एवं कलर रहेको गीतको भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका हुन् । गीत सार्वजनिक कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणा, संगीतकार राजु सिह, समीर राई, दीपक शर्मा, शान्तिप्रिय,निर्देशक माधव राज खरेल, निर्मल शर्मालगायतको उपसिथ्ती थियो ।